२०८३ बैशाख २६ गते , शनिबार

मेचीनगरका ३३ जना युवाद्वारा राप्रपा सामूहिक परित्याग

sajilo news
झापा
२०७९ बैशाख ५ गते , सोमबार
मेचीनगरका ३३ जना युवाद्वारा राप्रपा सामूहिक परित्याग

नेतृत्वले पार्टी कार्यकर्ताप्रतिको बोली र व्यवहार अति नै तुच्छ गरेको जनाउँदै मेचीनगरका ३३ जना युवाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सामूहिक परित्याग गरेका छन् ।

युवाहरूलाई अँध्यारोमा राखेर धमिलो पानीमा माछा मार्न खोज्ने नेतृत्वको रवैयाप्रति असन्तुष्टि जनाउँदै उनीहरूले सामूहिक राजीनामा दिएका हुन् ।

उनीहरूले संयुक्त प्रेस वक्तव्य जारी गरी आजैका मितिबाट स्वतन्त्र अभियानका लागि पार्टीबाट राजीनामा दिएको जनाएका छन् । राजीनामा दिनेहरूमा जीवनकुमार थापा , मिलन श्रेष्ठ , कृष्ण घिमिरे , सरोज पौडेल , मदन दुलाललगायत रहेका छन् ।

सम्बन्धित समाचार