२०८३ बैशाख २६ गते , शनिबार

झापामा टुङ्ग्याए काँग्रेस र माओवादीले भागबन्डा

sajilo news
झापा
२०७९ बैशाख ८ गते , विहीबार
झापामा टुङ्ग्याए  काँग्रेस र माओवादीले भागबन्डा

झापाका गठबन्धन दलहरू फेरि सहमति नजिक पुगेका छन् । चारदलीय गठबन्धनमध्ये नेपाली काँग्रेस र माओवादीबीच भागबन्डाको विषयमा बढी विमति रहेको थियो । त्यसलाई करिब करिब सहमतिमा ल्याइएको नेपाली काँग्रेस झापाका सचिव कृष्ण हुमागाईँले बताए ।

गए राति ११ बजेसम्म गठबन्धन दलको बैठक चलेको थियो । काँग्रेस र माओवादीबीच भागबन्डा नमिलेका विषयमा थप छलफल गर्नु पर्ने भएपछि अलग्गै बसेर सहमति गरिएको हुमागाईँले जानकारी दिए । बैठकमा सत्तारुढ गठबन्धन दलको झापा जिल्ला कार्यदलको संयोजकको रुपमा कांग्रेसले हालसम्मको प्रगति प्रतिवेदन संयुक्त बैठकमा बुझाएको थियो ।

काँग्रेस र माओवादीबीच सहमति भइसकेपछि नेकपा एस र जनता समाजवादी पार्टीसँग आज बसेर टुङ्गो लगाइने भएको छ । नेकपा एस र जसपाको खासै ठुलो माग रहेको छैन ।ती दुई वटा पार्टीलाई एउटा गाउँपालिका र एउटा नगरपालिका उपप्रमुख दिने गरी छलफल अगाडि बढेको हुमागाईँले बताए ।

बैठकमा सहभागी काँग्रेसका जिल्ला सभापति देउमान थेबेले पूर्णरुपमा नभए पनि आंशिक रुपमा सहमति भएको बताए । उनले भोलि सम्ममा सहमति सार्वजनिक गरिने जानकारी दिए ।

नेकपा माओवादी केन्द्रका जिल्ला सह इन्चार्ज सिपी कडरियाले बीचमा बढेको दुरीलाई गठबन्धन दलबिच साँघुरिँदै लगिएको बताए । उनले आज भागबन्डाको विषय टुङ्गिने सम्भावना रहेको जानकारी दिए ।

सम्बन्धित समाचार