झापामा गठबन्धनबाट बाहिरियो एकीकृत समाजवादी
झापामा गठबन्धन बिचको सहमति टुटेको छ । गठबन्धनमा रहेको एउटा दल नेकपा (एकीकृत समाजवादी) बाहिरिएको प्रचार विभाग प्रमुख तीर्थ सिग्देलले जानकारी दिए ।
गठबन्धनमा सहमति नभएपछि समाजवादीले १५ पालिकामा उम्मेदवारी दिने तयारी गरेको सिग्देलले बताए । सत्तारूढ दलभित्र भागबन्डामा सहमति नजुटेपछि गठबन्धनमा विवाद शुरु भएको छ । समाजवादीलाई गठबन्धनले सम्मानजनक व्यवहार नगरेपछि समाजवादी बाहिरिएको हो । गठबन्धनमा समाजवादीलाई अर्जुनधारा र कमल गाउँपालिकाको उपाध्यक्ष दिएको छ । समाजवादीले बिर्तामोड र शिवसताक्षीको उपमेयर मागेको थियो । थप दुई उपमेयर नपाएपछि समाजवादी गठबन्धनबाट बाहिरिएको हो ।
स्रोतका अनुसार १४ पालिकामा काङ्ग्रेसले प्रमुख दाबी गरेको छ भने बाकी उपप्रमुख र उपाध्यक्ष माओवादीले दाबी गरेको छ । त्यसमध्ये दुई उपप्रमुख समाजवादीलाई दिइएको थियो । सो सहमतिमा समाजवादीले स्वीकार गरेको छ ।