२०८३ बैशाख २६ गते , शनिबार

झापामा एकीकृत समाजवादीद्वारा १५ पालिकामा उम्मेद्वार सिफारिस (नामावलीसहित)

sajilo news
झापा
२०७९ बैशाख ८ गते , विहीबार
झापामा एकीकृत समाजवादीद्वारा १५ पालिकामा उम्मेद्वार सिफारिस (नामावलीसहित)

झापामा कांग्रेस र माओवादीले सम्मानजनक व्यवहार नगरेको भन्दै सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) बाहिरिएिको छ ।

गठबन्धनबाट बाहिरिएको घोषणा गर्दै नेकपा एसले झापाका सबै स्थानीय तहका लागि प्रमुख र उपप्रमुखका उम्मेदवारको नाम सिफारिस गरेर प्रदेशमा पठाएको छ । नेकपा एसका प्रचार विभाग प्रमुख तीर्थ सिग्देलले सबै स्थानीय तहमा सिफारिस भएका उम्मेदवारको नाम सार्वजनिक गर्दै गठबन्धनबाट नेकपा एस बाहिरिएको जनाएका छन् । सिग्देलले कांग्रेसले एकतर्फी रूपमा गठबन्धन तोडेको बताए ।

झापामा कांग्रेस र माओवादीबीचमै पनि भागबण्डा मिलेको छैन । उनीहरूले नेकपा एसलाई कुनै पनि पालिकामा प्रमुख दिन मानेका छैनन् भने दुईवटा गाउँपालिकामा उपप्रमुख मात्र दिन खोजेका थिए ।

अर्जुनधारा र कमल गाउँपालिकाको उपाध्यक्ष नेकपा एसलाई दिने भनिए पनि सो पार्टी ले बिर्तामोड र शिवसताक्षी नगरपालिकाको उपमेयर मागेको थियो । सो पार्टीले चारवटा उपप्रमुख पनि नपाएपछि गठबन्धन छाडेको हो । झापाका १५ मध्ये १४ पालिकाको प्रमुख कांग्रेसले दाबी गरेको छ ।

यी हुन् नेकपा एसले सिफारिस गरेका उम्मेदवार

१) मेचीनगर प्रमुख स् शारदा शर्मा, अर्जुन पौडेल, लक्ष्मी थिङ
उप प्रमुख स् बीपी भट्टराई, शंकर थापा, विमला देवकोटा

२) बुद्धशान्ती प्रमुख स् दुर्गा आचार्य, पुस्प खतिवडा
उप प्रमुख स् प्रदीप धिमाल

३) अर्जुनधारा प्रमुख स् भास्कर काफ्ले, प्रत्युश राना
उप प्रमुख स् रमा खवास, प्रेमसागर सापकोटा, अम्बिका खतिवडा

४) बिर्तामोड प्रमुख स् चन्द्रकला घिमिरे, चेतानन्द निरौला
उप प्रमुख स् तीर्थ सिग्देल, श्रीप्रसाद सिटौला

५) कनकाई प्रमुख स् नारायण सिंह राजबन्सी
उप प्रमुख स् अम्बिका उप्रेती

६) भद्रपुर प्रमुख स् पुस्प पोखरेल, दुर्गा भट्टराई
उप प्रमुख स् पदम लिम्बू, टीका रेग्मी, कुज्जा रुचाल

७) शिबसतासी प्रमुख स् नवीन इजम
उप प्रमुख स् यसोधा भट्टराई

८) कमल प्रमुख स् हरीमाया मैनाली, खगेन्द्र बाराकोटी
उप प्रमुख स् होमबहादुर बराल, चन्द्रकला भण्डारी, राम भण्डारी

९) गौरादह प्रमुख स् खगेन्द्र दाहाल, नारायण राजबन्सी
उप प्रमख स् लक्ष्मीदेबी चौधरी

१०) कचनकवल प्रमुख स् खेपचरण यादब
उप प्रमुख स् मेहरमान राजबन्सी

११) दमक प्रमुख स् इन्द्र बुडाथोकी, भरतबाबू कार्की
उप प्रमुख स् रामकुमारी तामाङ, लक्ष्मी चौधरी

१२) बार्‍हदशी प्रमुख स् लक्ष्मी पकुवाल, सीताराम बस्नेत
उप प्रमुख स् सुस्मा मुर्मु

१३) गौरीगन्ज प्रमुख स् हिराकाजी गिरी, हुपनारायण राजबन्सी

१४) झापा प्रमुख स् रामबहादुर खड्का
उप प्रमुख स् इस्वरी दाहाल

१५) हल्दीबारी प्रमुखस् टीका पौडेल

सम्बन्धित समाचार