२०८३ बैशाख २६ गते , शनिबार

बिर्तामोडका उपमेयरसहित २८ जना जनप्रतिनिधिद्वारा राजीनामा

sajilo news
झापा
२०७९ बैशाख ९ गते , शुक्रबार
बिर्तामोडका उपमेयरसहित २८ जना जनप्रतिनिधिद्वारा राजीनामा

आसन्न स्थानीय निर्वाचनको तयारीका लागि उपमेयरसहित बिर्तामोड नगरपालिकाका २८ जना जनप्रतिनिधिहरूले आज राजीनामा दिएका छन् 

राजीनामा दिनेहरूमा उपमेयर पवित्रा महतारा प्रसाईँ , वडा नं १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डे , सदस्यहरू प्रेमकुमार खरेल , यमुना आचार्य , कमला महरा , वडा नं २ का वडाध्यक्ष नगेन्द्रप्रसाद सङ्ग्रौला , सदस्य किशोर पौडेल , वडा नं ३ का वडाध्यक्ष भोजराज सिटौला , सदस्य पूर्णप्रसाद राजवंशी , वडा नं ४ का वडाध्यक्ष कुलप्रसाद सङ्ग्रौला , सदस्यहरू राहुल शर्मा , निर्मला सोनार , कविता डाँगी , वडा न. ५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन , वडा नं ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा , सदस्यहरू पवित्रादेवी कोइराला , शोभा विक , वडा नं ८ का वडाध्यक्ष अजय कार्की , सदस्यहरू लक्ष्मी नेपाली , इन्दिरा पाण्डे , गंगालाल राजवंशी , वडा नं ९ का वडा सदस्यहरू हरि चौलागाई , सङ्गीता शिवा , वडा नं १० का वडाध्यक्ष दुर्योधन गुरुङ, सदस्यहरू अर्जुन सिटौला, भक्तसिंह राजवंशी , गीता घिमिरे र दीपिका शिवा रहेका छन् ।

आगामी निर्वाचनका लागि बैशाख ११ गते मनोनयन दर्ता गर्नुअघि बहालवाला जनप्रतिनिधिहरूको राजीनामा स्वीकृत गरिनु पर्ने हुन्छ । मेयर ध्रुवकुमार सिवाकोटीलाई उनीहरूले बुझाएको राजीनामा आजै स्वीकृत भएको जनाइएको छ ।

सम्बन्धित समाचार