२०८३ बैशाख २६ गते , शनिबार
कचनकवलमा कांग्रेस र एमालेबीच गठबन्धन, अध्यक्ष राजवंशी र उपाध्यक्षमा भट्टराई
कचनकवल गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेबीच चुनावी गठबन्धन बनेको छ । गाउँपालिकाको अध्यक्ष कांग्रेसलाई र उपाध्यक्ष एमालेलाई दिनेगरी गठबन्धन बनेको हो । अध्यक्षमा कांग्रेसका कालेन्द्र राजवंशी र उपाध्यक्षमा एमालेका नवराज भट्टराई उठ्ने भएका छन् । गाउँपालिकाका ७ वटा वडामा वडा अध्यक्ष र सदस्य मिलाउने प्रयास भइरहेको अध्यक्षका उम्मेदवार राजवंशीले बताए ।
कचनकवलमा कांग्रेस र एमालेबीच चुनावी गठबनधन बनेको एमाले जिल्ला अध्यक्ष दीपक कार्कीले पनि पुष्टि गरे । उनले वडा अध्यक्ष र सदस्यहरुको भागबन्डाको विषयमा छलफल चलिरहेको जानकारी दिए । कचनकवलमा राप्रपाको वर्चस्व तोड्न कांग्रेस र एमालेले गठबन्धन गरेका हुन् । राप्रपाका तर्फबाट बहालबाला अध्यक्ष अन्जार आलम र उपाध्यक्ष निमसरी राजवंशी उठ्ने भएका छन् ।