२०८३ बैशाख २६ गते , शनिबार

पाँचथरको कांग्रेस पार्टी कार्यालयमा कार्यकर्ताले लगाए ताला

sajilo news
पाँचथर
२०७९ बैशाख ११ गते , आईतबार
पाँचथरको कांग्रेस पार्टी कार्यालयमा कार्यकर्ताले लगाए ताला

नेपाली कांग्रेस पाँचथरको कार्यालयमा कांग्रेस कार्यकर्ताले तालाबन्दी गरेका छन्। टिकट बाँडफाँडको विषयमा असन्तुष्ट जनाउदै उनीहरुले  तालाबन्दी गरेका हुन्।​

मनोनयन पत्र दर्ता गर्ने दिनसम्म उम्मेदवारको टुंगो नगरेको भन्दै आक्रोशित कार्यकर्ताले तालाबन्दी गरेका  उनीहरुले पार्टी नेतृत्वले मनोमानी ढंगले टिकट बाँडफाँड गर्न खोजेको र मनोनयन पत्र दर्ता गर्ने दिनसम्म उम्मेदवार टुंगो नगरेको भन्दै आक्रोशित कार्यकर्ताले तालाबन्दी गरेको नेपाली काँग्रेस प्रदेश सभा क का क्षेत्रीय सचिव सुन्दर आचार्यले बताए ।

पार्टी नेतृत्वले कार्यकर्ताको भावना बिपरित काम गरिरहेको बताउदै उनले भने ‘नेताको कदम नसच्चिए पार्टी दुर्घटना पर्ने देखिन्छ।’ पार्टी भित्रै आन्तरिक बिवाद चर्कंदै गएपछि अहिलेसम्म काँग्रेसले पाँचथरका कुनै पनि स्थानीय तहका लागि उम्मेदवारको टुंगो लगाउन सकेको छैन। 

सम्बन्धित समाचार