२०८३ बैशाख २६ गते , शनिबार

दमकमा राप्रपा र गठबन्धनबीच सहमति, थापालाई मेयर उपमेयरमा पुरी

sajilo news
झापा
२०७९ बैशाख ११ गते , आईतबार
दमकमा राप्रपा र गठबन्धनबीच सहमति, थापालाई मेयर उपमेयरमा पुरी

झापाको दमकमा सत्तारुढ गठबन्धन र राप्रपाबीच चुनावी तालमेल गरेर जाने सहमति भएको छ । लामो छलफलपछि गठबन्धनमा रहेका जिल्लाका दलहरु र राप्रपाबीच आन्तरिक सहमति भएको हो । यसअघि प्रदेश स्तरीय बैठकमा पनि त्यस्तो सहमति बनेको थियो । दलहरुबीच भएको छलफलमा राप्रपालाई मेयरसहित २ वटा वडा, माओवादीलाई उपमेयरसहित २ वटा वडा र कांग्रेसलाई ६ वटा वडा तथा जसपा , नेकपा एसलगायतका दलहरुलाई वडा सदस्य तथा कार्यपालिकामा मनोनयन गर्ने गरी सहमति भएको बताइएको छ । राप्रपाको राम्रो पकड रहेको दमकमा ६ दलीय गठबन्धन बनेपछि एमालेलाई गाह्रो पर्ने देखिएको छ । एमालेले दमकमा मेयरमा गीता अधिकारी र उपमेयरमा अम्बिका खनाललाई उठाउने निर्णय गरेको छ ।

सम्बन्धित समाचार