२०८३ बैशाख २६ गते , शनिबार

स्थानीय तह निर्वाचन : उम्मेदवारी दर्ता गर्ने आज अन्तिम दिन

sajilo news
झापा
२०७९ बैशाख १२ गते , सोमबार
स्थानीय तह निर्वाचन  : उम्मेदवारी दर्ता गर्ने आज अन्तिम दिन

स्थानीय तह निर्वाचनका लागि ७५३ वटै पालिकामा उम्मेदवारी दर्ताको अन्तिम दिन।  पहिलो दिन आइतबार १० हजार भन्दा बढी उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ। यसअघिका स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ताको समय एक दिनमात्रै रहने गरेको थियो।

सम्बन्धित स्थानीय तहमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि ५ बजेसम्म उम्मेदवारी दर्ता गराउन सकिने निर्वाचन आयोगले जनाएको छ। 

मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची सोमवार बेलुकी  प्रकाशन गर्ने, वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने तय गरिएको छ।

यस्तै वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने र वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने तय भएको छ।

वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यसूची आयोगले जनाएको छ। 

सम्बन्धित समाचार