२०८३ बैशाख २६ गते , शनिबार

भद्रपुरमा प्रदेश सदस्य र नगर इन्चार्जसहित १७ जनाद्वारा माओवादी परित्याग

sajilo news
झापा
२०७९ बैशाख १२ गते , सोमबार
भद्रपुरमा प्रदेश सदस्य र नगर इन्चार्जसहित १७ जनाद्वारा माओवादी परित्याग

भद्रपुरमा नेपा (माओवादी केन्द्र) का प्रदेश सदस्य र नगर इन्चार्जसहित १७ जनाले पार्टी परित्याग गरेका छन् ।  स्थानीय तह निर्वाचनमा तीन दलीय गठबन्धनबीच भएको सहमति अनुसार माओवादी केन्द्रलाई उपमेयर दिएको हो । 
उपमेयरमा माओवादीका नगर अध्यक्ष शिवकुमार राजभण्डारीलाई टिकट दिएको प्रति असन्तुष्ट जनाउँदै उनीहरूले पार्टी परित्याग गरेका हुन् । 
प्रदेश सदस्य मिरा अधिकारी सन्जेल, नगर इन्चार्ज नरेश सन्जेल, भरतसिंह राजवंशी, धिरेन राजवंशी, चन्द्रमणि गौतम, विष्णुबहादुर राई, गङ्गाप्रसाद सन्जेल, कृष्णबहादुर तामाङ, योगराज अधिकारी, शिवराज घिमिरे, लक्ष्मण जमरकट्टेल, अरबिन्द्र अधिकारी, खद्रप्रसाद निरौला, मोतनन्दन निरौला, चन्द्रबहादुर तामाङ, रञ्जित राई र घनश्याम खनालले पार्टीबाट सामूहिक राजीनामा दिएका हुन् । 
उनीहरूले आज पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको विज्ञप्तिमा उल्लेख छ । माओवादी केन्द्रको प्रदेश तथा केन्द्रीय समितिले नगरमा उपमेयरको टिकट दिँदा नगरस्तरीय कार्यकर्ताहरूसँग कुनै छलफल र सहकार्य नगरी नगर अध्यक्ष राजभण्डारीलाई टिकट दिएको नगर इन्चार्ज सन्जेलले गुनासो गरेका छन् । माओवादी केन्द्रको नगर अधिवेशन हुँदा नगर अध्यक्ष राजभण्डारीले सत्ताको कुनै पदमा उठ्ने र बस्ने मौखिक सर्तमा उनलाई त्यस बेला नगर अध्यक्ष बनाइएको उनले बताए । पार्टीपंतिले एउटै व्यक्तिलाई सबै पदीय जिम्मेवारी दिएकोले पार्टीमा बस्नु कुनै औचित्य नरहेको उनको भनाई छ ।


 

सम्बन्धित समाचार