२०८३ बैशाख २६ गते , शनिबार

गठबन्धनको माहोल देखेर विपक्षी आत्तिए : सिटौला

sajilo news
झापा
२०७९ बैशाख २६ गते , सोमबार
गठबन्धनको माहोल देखेर विपक्षी आत्तिए : सिटौला

गठबन्धनको माहोल देखेर आत्तिएको विपक्षीले फलानोलाई हराउँछु भन्न थालेको उनले बताए । ‘अरुलाई हराउँछु हैन आफु जित्छु भनेर हिड्ने हो,’ उनले भने । यसपटको निर्वाचन गठबन्धनले जित्ने सिटौलाले जिकिर गरे । निवर्तमान जनप्रतिनिधीले गरेको बेइमानीका कारण जनताले यस पटक गठबन्धनलाई मत दिन आतुर रहेको सिटौलाको भनाई थियो । ‘अधिकांश ठाउँमा उहाँहरुप्रति आक्रोश छ,’

बिर्तामोड । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गठबन्धनको टिम बिर्तामोडमा विजयी हुने माहौल देखेपछि विपक्षी आत्तिएको गठबन्धनको तर्फबाट नगरप्रमुखका उम्मेदवार भोजराज सिटौलाले बताए । चुनावी कोणसभाको क्रममा बिर्तामोड वडा नम्बर १ मा आज सोमबार भएको कार्यक्रममा बोल्दै गठबन्धनको माहौल देखेर विपक्षीहरू आत्तिएको बताएका हुन् । 

गठबन्धनको माहौल देखेर आत्तिएको विपक्षीले फलानोलाई हराउँछु भन्न थालेको उनले बताए । ‘अरूलाई हराउँछु हैन आफू जित्छु भनेर हिँड्ने हो,’ उनले भने । यस पटकको  निर्वाचन गठबन्धनले जित्ने सिटौलाले जिकिर गरे । निवर्तमान जनप्रतिनिधिले गरेको बेइमानीका कारण जनताले यस पटक गठबन्धनलाई मत दिन आतुर रहेको सिटौलाको भनाई थियो । ‘अधिकांश ठाउँमा उहाँहरूप्रति आक्रोश छ,’ सिटौलाले भने,‘आफ्नो मान्छे नभए अर्को ठाउँबाट ल्याएर पनि उपभोक्ता समिति बनाएका छन्, त्यसको मतलब के हो?’ 

नेकपा एमालेको बहुमतको सरकार भए पनि त्यही भित्रको आन्तरिक विवादका कारण पनि कतिपय काम नभएको उनले बताए । ‘मेयर उपमेयरको विवादले कतिपय बैठक स्थगित भयो,’ उनले भने,‘प्रवक्ताले त झन् कहिले कुनै योजना नै राख्नु भएन ।’ अहिले आएर ठुला नेताहरु जनप्रतिनिधिले गरेको हिजोको गल्तीको साक्षी बस्न थालेको बताए । 

त्यस्तै उपप्रमुख पदका उम्मेदवार सिपी कडरियाले बिर्तामोडको समृद्धिका लागि गठबन्धनको अवधारणा काफी रहेको बताए । बिर्तामोडमा त्यस्तो ठुलो समस्या नभए पनि समस्यालाई हाउगुजी बनाइएको बताए । बिर्तामोडको फोहोरलाई ठुलो समस्याको रुपमा लिइएपनि त्यसलाई मोहरमा बदल्ने योजना आफूहरूसँग रहेको बताए । ‘फोहोर जहाँ खुल्ला देख्यो त्यहाँ लग्यो फ्याँक्यो तर त्यसलाई मोहरमा बदल्ने सोच नै बनेन,’ उनले भने । आफूहरूले पश्चिम स्टेण्डदेखि मेघावारि जाने बाटोमा बजेट ल्याएर काम सुरु गरेको तर जनप्रतिनिधि निर्वाचित भएको भोलिपल्टै काम रोकेर बजेट फ्रिज गराएको कडरियाले बताए । 

वडाध्यक्ष पदका उम्मेदवार बलराम कार्कीले यस अघिका जनप्रतिनिधि वडावासीको सेवक हैन मालिक बनेको आरोप लगाए । वडावासीलाई विकासमा विभेद गरिएको बताउँदै कार्कीले निर्माण सामाग्री खरिदमा एकाधिकार कायम गरिएको बताए । फेरि पनि त्यही जनप्रतिनिधि निर्वाचित भएका जनताका घरजग्गाको सुरक्षा हुन नसक्ने कार्कीले बताए । 

बिर्तामोड वडा नम्बर १ मा वडाध्यक्ष पदमा कार्की, महिला सदस्यमा जया अधिकारी खनाल, दलित महिला रनमाया रसाइली र वडा सदस्यहरूमा प्रकाश खतिवडा र रामकुमार राउत चुनावी मैदानमा छन् ।

सम्बन्धित समाचार