२०८३ बैशाख २६ गते , शनिबार

एकीकृत समाजवादीले अर्जुनधारामा गठबन्धनलाई समर्थन गर्ने

sajilo news
झापा
२०७९ बैशाख २६ गते , सोमबार
एकीकृत समाजवादीले अर्जुनधारामा गठबन्धनलाई समर्थन गर्ने

नेकपा (एकीकृत समाजवादी) अर्जुनधारा नगर कमिटीले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गठबन्धन दलका उम्मेदवारलाई समर्थन गर्ने भएको छ ।

अर्जुनधारा नगर कमिटी अध्यक्ष अर्जुन मेचेले विज्ञप्ति जारी गर्दै एकातिर परिवर्तनका पक्षधर शक्ति र अर्कातिर जन निर्वाचित सर्वोच्च संस्था प्रतिनिधि सभा (संसद्) २/२ पटकसम्म विघटन गर्ने प्रतिगामी शक्ति चुनावी प्रतिस्पर्धामा रहेको उल्लेख गर्दै परिवर्तन पक्षधर शक्तिलाई सघाउने जनाएका हुन् । 

विज्ञप्तिमा भनिएको छ‘संयुक्त जनआन्दोलनबाट प्राप्त उपलब्धि रक्षाका लागि लोकतान्त्रिक बाम परिवर्तनकारी शक्तिहरू एकजुट हुन आवश्यक छ, त्यसैले हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी गठबन्धन दल नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा ९एस० लगायत स्थानीय स्तरमा सहकार्यमा रहेको राष्ट्रिय जनमुक्त पार्टी समेतका साझा उम्मेद्वारहरुलाई विजयी गराउन हाम्रो पार्टीका सबै नेता, कार्यकर्ता, स्थानीय कमिटी, जनवर्गीय सङ्गठन र परिवर्तनकारी आम जनसमुदायमा हार्दिक अनुरोध÷अपिल गर्दछौँ ।’

गठबन्धन दलका उम्मेदवारको विजयले प्रतिगामी तत्त्वलाई घुँडा टेकाउने उल्लेख गर्दै विज्ञप्तिमा संविधान र राज्य व्यवस्था प्रणालीमा प्राप्त उपलब्धिको रक्षा हुने उल्लेख गरिएको छ । गठबन्धनका उम्मेद्वारहरुको तत् तत् चुनाव चिन्ह्रमा मतदान गर्न समेत सम्पूर्ण नगरवासी मतदातामा अनुरोध गरिएको छ । 

सम्बन्धित समाचार