एमाले अध्यक्ष ओली गृहजिल्लामा, मंगलबार चार सभालाई सम्बोधन गर्ने
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सोमबार साँझ झापा आएका छन् । पोखरा, ललितपुर, कीर्तिपुर र जाउलाखेलका सभामा सम्बोधन गरेर पूर्व प्रधानमन्त्री समेत रहेका ओली गृह जिल्ला आएका हुन् । उनी मंगलवार झापा आएर बस्ने तयारी थियो । सोमबार नै गृह जिल्ला आएका ओली दमकमा बसेका छन् ।
मंगलवार अध्यक्ष ओलीले झापाका चार पालिकासहित पाँच ठाउँमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । बिहान साढे ८ बजे उत्तरी मोरङको मिक्लाजुङ, साढे ९ बजे झापाको गौरीगञ्ज, साढे १० बजे कमल, साढे ११ बजे दमक र १ बजे गौरादहमा सम्बोधन गरेर साढे २ बजे काठमाडौँ फर्किने कार्यक्रम रहेको अनेरास्ववियुको केन्द्रीय अध्यक्ष सुनिता बरालले जानकारी दिइन् ।
सोमवार चार वटा सभालाई सम्बोधन गरेर गृह जिल्ला आएका अध्यक्ष ओलीले प्रचारप्रसारको अन्तिम दिन काठमाडौँबाट चुनावी सभाका कार्यक्रमको मैजारो गर्ने भएका छन् ।