भद्रपुरमा कडा प्रतिस्पर्धा, कसले मार्ला बाजी ?
स्थानीय तहको निर्वाचन कार्यक्रम अनुसार मतदान गर्ने दिन ढोकैमा आएको छ । जिल्लाका अन्य पालिका भन्दा अलि भिन्न स्वरूप रहेको भद्रपुरमा कसले बाजी मार्ला भन्ने अड्कलबाजी लगाउन थालिएको छ । नेकपा एमाले, राप्रपा र काँग्रेस–माओवादी–एकीकृत समाजवादीको गठबन्धनको उम्मेद्वारबीच घम्साघम्सी प्रतिस्पर्धा देखिएको छ । ३ जना प्रतिस्पर्धी युवा नेता हुन् । गठबन्धनले नगरको ५२ वटै पद ढुक्कसँग विजय हासिल गर्ने वादी गरेको छ । गठबन्धनभित्रको आन्तरिक मतभेदका कारण भद्रपुरमा एमालेको जीत निश्चित रहेको एकालेले दाबी गरिरहँदा राप्रपाले भने काँग्रेस, एमाले, माओवादीको जीतको परिणाम हेरिसकेकोले यस पटक राप्रपालाई मतदाताले छान्नेमा ढुक्क छ ।
भद्रपुर नगर प्रमुखको उम्मेदवारी ८ दलले दिए पनि मुख्य भिडन्त भने गठबन्धनका गणेश पोखरेल, एमालेका असारु राजवंशी र राप्रपाका नवराज पनेरुबीच राम्रै टक्कर हुने देखिन्छ । एमाले भद्रपुरमा पुरानै विरासत कायम राख्न तल्लीन छ भने गठबन्धन एमालेको विरासत भत्काएर भद्रपुरमा नयाँ इतिहास रचन प्रतिबद्ध छ । राप्रपा लोकतान्त्रिक गणतन्त्रमा राजा र राजसंस्थाको एजेन्डालाई स्थापित गरेर ऐतिहासिकता स्थापित गर्न भद्रपुरमा जीत भइनै सकेको उद्घोष नै गरिहरेको छ ।
यस पटकको भद्रपुरको निर्वाचन प्रतिस्पर्धातक देखिन्छ । २०७४ सालको निर्वाचनको आंकलन यस निर्वाचनसँग मेल खाँदैन । किनभने राप्रपाप्रतिको जनमतको लहर, काँग्रेस–माओवादी–एकीकृत समाजवादीको गठबन्धन र एमालेको आदिवासी उम्मेदवार । भद्रपुरमा २५३९४ पुरुष र २५८६६ महिला गरी ५१ हजार २६० मतदाता रहेको छ । अघिल्लो निर्वाचनमा एमालेले मेयरमा ११ हजार बढी मत ल्याएर विजयी भएका थिए । यस वर्ष मतदाता सङ्ख्या बढेकोले विजयी हुने उम्मेदवारले त्यो भन्दा बढी मत ल्याउनु पर्ने हुन्छ । त्यसैले उम्मेदवारहरू आफ्नो जित हासिल गर्न जातीय मत हत्याउने दाउमा रहेको बुझिएको छ ।
को हुन असारु राजवंशी ?
४२ वर्ष अगाडी घकातु राजवंशी र धनेश्वरी राजवंशीको सुपुत्रको रुपमा जन्मेका असारु राजवंशी आदिवासी समुदायका जल्दा बल्दा नगर प्रमुखका उम्मेदवार हुन् । विद्यार्थी जीवनबाटै राजनीतिमा प्रवेश गरेका राजवंशी मेची क्याम्पसको स्ववियुको सभापति समेत भए । मानवीय तथा सामाजिक क्षेत्रमा क्रियाशील राजवंशी नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा प्रधानमन्त्रीको स्वकीय सचिव समेत भए । नेकपा एमाले पार्टीको विभिन्न तह र पदमा रहेर काम गरिसकेका राजवंशी अहिले पार्टीको झापा जिल्ला सहसचिव छन् ।
राजनीति नै मूल नीति भएकोले समाजपयोगी जनपक्षीय नीति निर्माण नगरी समग्र विकास सम्भव नहुने बताउने राजवंशी सही नीति सहितको सही व्यक्ति राजनीतिमा आवश्यक ठान्दछन् ।
किन दिने असारु राजवंशीलाई मत ?
२०७४–२०७९ सालसम्मका भद्रपुर नगरपालिकाका जनप्रतिनिधिहरूले सुरु गरेका पूर्वाधार विकासका योजनालाई निरन्तरता दिन । नगरमा हुने डुबान क्षेत्रलाई नियन्त्रण गर्न । विपद् व्यवस्थापन, विद्युतीकरण, खानेपानी, कृषि, पशु पालन र सिँचाइलाई व्यवस्थित गर्न । शिक्षा, स्वास्थ्य, सरसफाइ, उद्योग–व्यवसाय व्यवस्थापन गर्न । सुशासनयुक्त र सुरक्षित नगरको निर्माण गर्न । आवास, रोजगार, पर्यटन, सहकारीको उचित व्यवस्थापन गर्न । महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्ग तथा विशिष्ट क्षमता भएका वर्गको अधिकार सुनिश्चितताको लागि । युवा तथा खेलकुद, धर्म तथा संस्कृतिको संरक्षण गर्न । वन, वातावरण तथा भूमिको उचित व्यवस्थापनका लागि असारु राजवंशीलाई मतदान गर्ने ।
को हुन गणेश पोखरेल ?
विक्रम संवत् २०३१ साल पुस ८ गते जीवनाथ पोखरेल र सुभद्रादेवी पोखरेलको ज्येष्ठ सुपुत्रको रुपमा जन्मेका गणेश पोखरेलले मेची क्याम्पसबाट स्नातक तहसम्मको अध्ययन गरेका छन् ।
नेपाल रेडक्रस सोसाइटी, परिवार नियोजन संघ, नेपाल अपाङ्ग संघ, भद्रपुर जेसीस लगायत आधा दर्जन भन्दा बढी सामाजिक तथा परोपरकारी संघ संस्थामा आबद्ध पोखरेले व्यापार–व्यवसाय तथा कुनै रोजगारी नगरी राजनीति मार्फत समाज सेवा गर्दै समाजलाई सकारात्मक रुपमा रूपान्तरण गर्नु पर्छ भन्ने ध्येय राखेर क्रियाशील रहेका छन् ।
विद्यार्थी जीवनदेखि नेपाल विद्यार्थी सङ्घमा आबद्ध रहेका पोखरेल मेची क्याम्पसमा २ पटक स्वतन्त्र विद्यार्थी युनियनको सभापति समेत भए । नेपाली काँग्रेस पार्टीको झापा क्षेत्र नं. ३ को क्षेत्रीय सचिव हुँदै क्षेत्रीय सभापतिमा पनि तेस्रो कार्यकाल बिताई रहेका पोखरेलले राजनीतिलाई प्रयोग गरेर अहिलेसम्म कहिल्यै लाभको पद लिएनन् ।
किन दिने गणेश पोखरेललाई मत ?
समग्र भद्रपुरवासीको स्वास्थ्य, शिक्षा, कृषिमा विकास, रोजगार प्रवर्द्धन, पूर्वाधार विकास, खेलकुद विकास, आर्थिक पारदर्शिता, प्रशासनिक इमानदारिता, सांस्कृतिक सम्पदा संरक्षण सम्वद्र्धन, पर्यटन विकास तथा वातावरण व्यवस्थापन लगायतका विषयहरूलाई सूक्ष्म अध्ययन गरी राम्रोलाई अझै राम्रो र गति कमीकमजोरी भएका ठाउँमा सुधार गरी समृद्ध नगर बनाउनको निम्ति गणेश पोखरेललाई मतदान गर्ने ।
जिल्लाको मात्र नभई देशकै नमुना नगरपालिका बनाउन ‘शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक सुरक्षा र भौतिक पूर्वाधार ः समृद्धिको आधार’ भन्ने गठबन्धनको नारा सहितको प्रतिविद्धतालाई साकार र सार्थक बनाउन एवम् आर्थिक पारदर्शितासँगै नगरपालिकालाई नगरवासीको साझा निकायको रुपमा विकास गर्न पनि गणेश पोखरेललाई मतदान गर्ने ।
को हुन नवराज पनेरु ?
४३ वर्ष अगाडी शिवलाल पनेरु र सरस्वती पनेरुको ज्येष्ठ सुपुत्रको रुपमा जन्मेका नवराज पनेरु (राजु)विद्यार्थी कालदेखि नै संषर्घशील व्यक्ति हुन् । देशमै रोजकारीको सिर्जना गरेर युवा विदेश पलायन रोक्न व्यापार–व्यवसाय रोजेका पनेरु स्वरोजगार व्यवसायबाट अहिले रोजगारमूलक उद्योग समेत सञ्चालन गरिरहेका छन् ।
व्यापार–व्यवसाय र उद्योग सञ्चालन, संरक्षण र सम्वद्र्धन नभई सामाजिक, आर्थिक विकास नहुने ध्येयका साथ व्यावसायिक छाता सङ्गठन छिरेका पनेरु झापा उद्योग वाणिज्य सङ्घको उद्योग सचिव, वरिष्ठ उपाध्यक्ष हुँदै २ कार्यकाल अध्यक्ष भएर उद्योगी–व्यवसायीको हक हित अधिकारको पक्षमा वकालत गर्दै उद्योग–व्यवसायको संरक्षण र सम्वद्र्धनमा सक्रिय छन् । आबद्ध भएर सामाजिक क्रियाकलापमा सक्रिय पनेरु नेपाली काङ्ग्रेसबाट राजनीति सुरु गरे पनि अहिले राप्रपाको झापा क्षेत्र नं. ३ को क्षेत्रीय अध्यक्ष समेत हुन् । आफ्नो नियमित आयस्रोत नभएका व्यक्तिले राजनीति गर्दा आफ्नो न्यूनतम आवश्यकता पुरा गर्न पनि भ्रष्टाचार गर्नुपर्ने बाध्यता हुने भएकोले सबैभन्दा पहिला भ्रष्टाचारमुक्त समाज बनाउन नेतृत्वको आयस्रोत निश्चित हुनुपर्ने बताउँछन् पनेरु ।
किन दिने नवराज पनेरुलाई मत ?
‘भ्रष्टाचार हाम्रो मुख्य शत्रु हुनेछ, भ्रष्टाचार गर्ने छैनौ र गर्न पनि दिने छैनौँ ।’ भन्ने सङ्कल्प नै राप्रपाको सबैभन्दा महत्त्वपूर्ण विषय हो । भद्रपुरको पुरानो औद्योगिक विरासतलाई पुनः स्थापन गरी भद्रपुरका युवालाई भद्रपुरमै रोजगारीको व्यवस्था गर्न, कृषिमा आधुनिकीकरणसँगै उत्पादित कृषिजन्य बस्तुको बजार व्यवस्थापन गर्न, नगरका सबै विद्यालयमा एकै किसिमको शिक्षा लागु गर्न, स्वास्थ्य सेवामा नगरवासीको सहज पहुँच पु¥याउन, विशेष आर्थिक क्षेत्रको स्थापना गरी स्वदेशी विदेशी लगानी भित्राउन, भद्रपुरलाई औद्योगिक व्यापारिक एवम् पर्यटकीय केन्द्रको रुपमा विकास गरी समृद्ध नगरको रुपमा स्थापित गर्न नवराज पनेरुलाई मत दिने ।