२०८३ बैशाख २६ गते , शनिबार
काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गरे मतदान
झापा । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मतदान गरेका छन् । महामन्त्री शर्माले मेचीनगर नगरपालिका ९ स्थित कवि शिरोमणि मावि खुट्टेडाँगी (क) मतदान केन्द्रबाट आज बिहान ८ बजेर ३७ मिनेटमा मतदान गरेका हुन् । मतदानपछि प्रतिक्रिया दिँदै महामन्त्री शर्माले भने, ‘स्थानीय तहको मत परिणाम झापासहित देशभर गठबन्धनको पक्षमा आउने छ, यसमा कुनै दुबिधा छैन ।’