२०८३ बैशाख ५ गते , शनिबार

झापामा अक्सनमार्फत खेलाडी छनोट यु–१४ फुटबल प्रतियोगिता हुने

sajilo news
झापा
२०७९ जेष्ठ ५ गते , विहीबार
झापामा अक्सनमार्फत खेलाडी छनोट यु–१४ फुटबल प्रतियोगिता हुने

झापाको मेचीनगरस्थित काँकडभिट्टामा पहिलोपटक अक्सनमार्फत खेलाडी छनोट गरेर सिटी लिग यु–१४ फुटबल प्रतियोगिता हुने भएको छ । काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा जेठ १४ गतेदेखि हुने उक्त प्रतियोगितामा ४ वटा टिमले सहभागिता जनाउने छन्, भने प्रत्येक टोलीले अक्सनमार्फत खेलाडी छनोट गर्ने र एउटा टिमले बढीमा २२ हजार रुपैयाँसम्म खर्च गर्न पाउने छन् ।

खेलाडीहरूलाई ‘ए’, ‘बी’ र ‘सी’ गरी ३ क्याटेगोरीमा विभाजन गरिएको छ भने सहभागी टिमका मालिकले ‘ए’ क्याटेगोरीका खेलाडीलाई १ हजार ५ सयदेखि २ हजारसम्म ‘बी’ क्याटागोरीको खेलाडीलाई १ हजारदेखि १ हजार ५ सय र ‘सी’ क्याटेगोरिको खेलाडीलाई ५ सयदेखि १ हजार रुपैयाँ सम्मको बोली लगाउन पाउनेछन् ।

प्रतियोगितामा आशिष् गुरुङ मालिक रहेको क्लासिक वारियर्स, एन्जल गुरुङको राइजिङ ब्वाइज, सुरेश तिवारीको ह्याप्पी क्लब र वसन्त श्रेष्ठको संगम फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् । आयोजकका अनुसार प्रतियोगिताको विजेता टोलीले रु ५० हजार प्राप्त गर्नेछ भने उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्नेछ।

सम्बन्धित समाचार