२०८३ जेष्ठ १ गते , शुक्रबार

अझै केही दिन हुरीबतासको खतरा, सर्तक रहन आग्रह

sajilo news
पत्रपत्रिका
२०७९ जेष्ठ ८ गते , आईतबार
अझै केही दिन हुरीबतासको खतरा, सर्तक रहन आग्रह

झापा । शुक्रबार साँझ आएको हुरीबतासले देशभर ठूलो मानवीय र भौतिक क्षति पुयायो। चितवनमा तीन जना र काठमाडौँमा रुखले च्यापेर एक जनासहित चार जनाको ज्यान गयो भने अरू १० जना घाइते भएका छन् । हावाहुरीकै कारणले बिजुलीका पोल ढल्दा धेरै ठाउँमा विद्युत् सेवा अवरुद्ध छ।
नेपालका विभिन्न भूभागमा हावाहुरीको चाप केही दिन कायम रहने अनुमान गरिएको छ । मनसुन भित्र्याउन सक्रिय बनेको स्थानीय वायु विकास हुने क्रम तीव्र बनेकाले यसरी वेगयुक्त हावाहुरी र मेघगर्जनसहितको चट्याङ आउने सम्भावना पनि उत्तिकै बढेको विज्ञले बताएका छन् ।
जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन भित्रिनुअघिको गतिविधिका रूपमा हावाहुरी र चट्याङयुक्त वर्षालाई लिइन्छ। पूर्वमनसुनको समय हावाहुरी, मेघगर्जन, चट्याङ, गर्मी बढ्ने समय हो। मौसमविद् वरुण पौडेलले भने, “यो बेला सूर्य जाडो महिनाभन्दा पृथ्वीको नजिक हुन्छ, जसले जमिन तताउँछ, फलस्वरूप ससाना जलवाष्पका कणहरूको विकास हुन्छ।” । उनका अनुसार ती साना जलवाष्पयुक्त कण भरिएका वायुका कोषहरू हावाको वहावमा एकत्रित हुँदै अघि बढ्छन् । यी कोष जति एक-अर्कासँग जोडिदै जान्छन् त्यति ठूलो आकारका बन्छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

सम्बन्धित समाचार