२०८३ बैशाख १२ गते , शनिबार

ब्राउन सुगरसहित चार जना पक्राउ

sajilo news
झापा
२०७९ जेष्ठ ९ गते , सोमबार
ब्राउन सुगरसहित चार जना पक्राउ

झापा र मोरङको छुट्टाछुट्टै स्थानबाट लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् ।  विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिले र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शिवसताक्षी नगरपालिका-११ दूधेबाट ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा भद्रपुर नगरपालिका- ७ का १९ वर्षीय हरदिप राजवंशी, भारतीय नागरिक दार्जिलिङ दुलालजोतका २२ वर्षीय सुरेन मरमन र २३ वर्षीय अर्जुन रोय रहेका छन् ।

उनीहरूको साथबाट प्रहरीले २०३.४१० मिलिग्राम लागू औषध ब्राउन सुगर, नगद ३८,७३० रुपैयाँ र उनीहरूले प्रयोग गरेको प्रदेश १-१०-१५ प ४२१८ तथा भारतीय नम्बर प्लेटको डब्लु बी ७४ भि ६४३९ को मोटरसाइकल समेत बरामद गरेको छ । यसैगरी मोरङको बेलवारी नगरपालिका- ३ बाट लागू औषध ब्राउनसुगरसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले पुरानो बेलवारीस्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १-०२-०४८ प ९७७४ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा उक्त मोटरसाइकलको लुकिङ ग्लासभित्र लुकाई छिपाई राखिएको अवस्थामा ३ ग्राम लागू औषध ब्राउनसुगरसहित बुढीगंगा गाउँपालिका९७ का २६ वर्षीय रुपेश चौधरीलाई पक्राउ गरेको हो । लागू औषधसहित पक्राउ परेका उनीहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार