२०८३ बैशाख १२ गते , शनिबार

जलथल जंगलमा रुख काट्दै गर्दा तीन जना पक्राउ 

sajilo news
झापा
२०७९ जेष्ठ १० गते , मंगलबार
जलथल जंगलमा रुख काट्दै गर्दा तीन जना पक्राउ 

झापाको जलथल जंगलमा अवैध रुपमा रुख काट्दै गर्दा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा हल्दीबारी–५ का पूर्णबहादुर फागो, हल्दीबारी–१ का विशाल राई र बाह्दशी–१ का रमेश बर्देवा रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । उनीहरू साथबाट रुख काट्न प्रयोग हुने औजार समेत बरामद गरिएको छ । 

वन कार्यालयबाट खटिएका गस्ती टोलीले उनीहरूलाई पक्राउ गरेको हो । टोलीले काठ काट्न प्रयोग भएको एउटा आरा, लगभग ५३ क्यु फिट गोलिया काठ बरामद गरेको रेन्जर दिपक सेन भण्डारीले जानकारी दिएका छन् । पक्राउ पर्नेहरूमाथि वन ऐन बमोजिम कारबाही गर्नका लागि आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।

 

सम्बन्धित समाचार