२०८३ बैशाख १२ गते , शनिबार

श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

sajilo news
मोरङ
२०७९ जेष्ठ १२ गते , विहीबार
श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

मोरङको जहदा गाउँपालिका २ का दिनेश कुमार राजभर श्रीमतीको हत्या आरोपमा पक्राउ परेका छन् ।  जेठ ६ गते राती ९ बजे घरायसी विवादका कारण ४३ वर्षीय राजभरले आफ्नै श्रीमती ३५ बर्षीया गीता देवी राजभरलाई काठ र फलामको रडले टाउको र कम्मरमा प्रहार गरी हत्या गरेका थिए । श्रीमतीको हत्यापछि उनी फरार भएका थिए ।

घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले खोज तलासको क्रममा राजभरलाई जेठ १० गते पक्राउ गरेको हो ।  पक्राउ परेका राजभरमाथि मोरङ जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गराई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सम्बन्धित समाचार