२०८३ बैशाख ३ गते , विहीबार

बंगाली फिल्म क्षेत्रमा ठूलो धक्का, दुई सातामा तीन अभिनेत्रीद्वारा आत्महत्या

sajilo news
एजेन्सी
२०७९ जेष्ठ १३ गते , शुक्रबार
बंगाली फिल्म क्षेत्रमा ठूलो धक्का, दुई सातामा तीन अभिनेत्रीद्वारा आत्महत्या

बंगाली सिने क्षेत्रकी अर्की अभिनेत्रीले आत्महत्या गरेकी छन् । शुक्रबार कोलकात्तामा मञ्जुषा नियोगी नामकी अभिनेत्रीले आत्महत्या गरेकी हुन् । बंगली सिनेक्षेत्रमा पछिल्लो १५ दिनमा ३ अभिनेत्रीले आत्महत्या गरिसकेका छन् ।

नियोगीको शव आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेको थियो । उनको आत्महत्याको कारण भने खुलेको छैन । १५ दिन पहिला अर्की अभिनेत्री पल्लवी डेकोे शव उनको घरको पङ्खामा झुण्डिएको अवस्थामा भेटिएको थियो ।

प्रहरीको अनुसन्धानले उक्त घटनालाई आत्महत्या बताएको थियो । उनको परिवारले हत्याको उजुरी दिएपछि प्रहरीले लिभइनमा बस्ने पल्लवीका प्रेमीलाई पक्राउ गरेका थिए ।

यस्तै, गत बुधबार अर्की अभिनेत्री बिदिशा डे मजुमदारको शव पनि झुण्डिएको अवस्थामा फेला परेको थियो । प्रहरीले उनको फ्ल्याटमा सुसाइड नोट फेला पारेको थियो ।

बिदिशाका निकटका साथीका अनुसार प्रेमीको अन्य प्रेमीकाहरू भएको थाहा पाएपछि उनी डिप्रेसनमा पुगेकी थिइन् । तर, सुसाइड नोटमा भने उनले आफू क्यान्सरपीडित भएको बताएकी थिइन् । पारिवारिक स्रोतका अनुसार उनमा क्यान्सर थिएन ।

मञ्जुषा र बिदिशा नजिकका साथी रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । मञ्जुषाको आमाका अनुसार बिदिशाको मृत्युपछि मञ्जुषा डिप्रेसनमा थिइन् ।

सम्बन्धित समाचार