२०८३ बैशाख १२ गते , शनिबार

७ करोड फिरौती मागेको आरोपमा सात जना पक्राउ

sajilo news
झापा
२०७९ जेष्ठ १३ गते , शुक्रबार
७ करोड फिरौती मागेको आरोपमा सात जना पक्राउ

प्रहरीले ७ करोड फिरौती माग गर्ने ७ जनालाई नियन्त्रणमा लिएको छ। सुनियोजित तरिकाले पीडितलाई पटकपटक फोन गरी तथा प्रत्यक्ष भेटेर धम्की दिई ७ करोड रुपैयाँ माग गर्ने व्यक्तिलाई प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट बिहीबार नियन्त्रणमा लिएको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उदयपुर त्रियुगा नगरपालिका-१० का २१ वर्षीय सुजन आचार्य, कालिकोट सान्नित्रिवेणी-८ का २९ वर्षका टेक विक र बझाङ खप्तड छान्ना-७ का धर्मराज थापालाई नियन्त्रणमा लिएको हो।

यसैगरी काभ्रेपलान्चोक तेमाल-२ का ३३ वर्षीय उमेश भण्डारी, गुल्मी धुर्कोट-२ का २९ वर्षका वसन्ता खनाल, चितवन भरतपुर-११ का ३२ वर्षीय सुरज शर्मा र काठमाडौं महानगरपालिका-९ सिनामंगलका ३३ वर्षीय श्रवण कार्की पनि पक्राउ परेका छन्। उनीहरूमाथि आपराधिक लाभ मुद्दामा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।


 

सम्बन्धित समाचार