२०८३ बैशाख ५ गते , शनिबार

आज आईपीएल फाइनल, गुजरात र राजस्थानमध्ये कसले मार्ला बाजी ?

sajilo news
एजेन्सी
२०७९ जेष्ठ १५ गते , आईतबार
आज आईपीएल फाइनल, गुजरात र राजस्थानमध्ये कसले मार्ला बाजी ?

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वेन्टी क्रिकेटको उपाधिका लागि आज गुजरात टाइटन्स र राजस्थान रोयल्स भिड्दैछन्।  उपाधि भिडन्त भारतको नरेन्द्र  मोदी स्टेडियम अहदाबादमा राति सवा ८ बजे सुरु हुनेछ। गुजरात नवप्रवेशी टोली हो। उसले लिग चरणका १४ मध्ये १० खेलमा जित निकाल्दै शीर्ष स्थानमा रहेर प्लेअफमा पुगेको थियो। 

राजस्थान भने यसअघि सन् २००८ मा आईपीएलको उपाधि जितेयता १४ वर्षपछि फाइनलमा पुगेको हो। जारी सिजनमा शीर्ष दुई टोलीका रुपमा क्वालिफायर खेलेका गुजरात र राजस्थानबीच नै उपाधि भिडन्त हुन लागेको छ। 

पहिलो क्वालिफायरमा गुजरातसँग पराजित भएको राजस्थान एलिमिनेटरबाट विजयी टोली रोयल च्यालेन्जर्स बैंगलोरसँग दोस्रो क्वालिफायर खेल्दै फाइनलमा प्रवेश गरेको हो। 

आईपीएलको विजेताले २० करोड भारतीय रुपैयाँ पुरस्कार पाउनेछ। त्यस्तै उपविजेताले १३ करोड भारतीय रुपैयाँ पुरस्कार पाउनेछ।  आईपीएलको उपाधि भिडन्त हेर्न प्रधानमन्त्री नरेन्द्र मोदी पनि अहमदाबाद जान सक्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

सम्बन्धित समाचार