२०८३ बैशाख ३ गते , विहीबार
उखु किसानको भुक्तानीका लागि ८१ करोड
सरकारले उखु किसानको भुक्तानीका लागि ८१ करोड रुपैयाँ छुट्याएको छ। आइतबार संघीय संसद्मा सरकारको आर्थिक वर्ष २०७९/८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रको बजेट ५५ अर्ब ९७ करोड रुपैयाँ छुट्याएको बताएका छन् भने सरकारले संघ प्रदेश र स्थानीय तहको लागत साझेदारीमा हुने कृषि कार्यक्रमका लागि १० अर्ब विनियोजन गरेको छ।