२०८३ बैशाख ५ गते , शनिबार

‘मिस नेपाल २०२२’ मा २४ युवतीको प्रतिस्पर्धा

sajilo news
झापा
२०७९ जेष्ठ १७ गते , मंगलबार
‘मिस नेपाल २०२२’ मा २४ युवतीको प्रतिस्पर्धा

‘मिस नेपाल २०२२’ को उपाधिका लागि २४ युवतीको प्रतिस्पर्धा हुने भएको छ । आयोजक द हिडन ट्रेजरले एक कार्यक्रमबीच फाइनल २४ युवती सार्वजनिक गरेको हो । प्रतियोगीलाई कन्टेस्टेन्ट नम्बर तथा स्यास वितरण समेत गरिएको कार्यक्रममा मिस नेपाल नम्रता श्रेष्ठ, मिस अर्थ सुप्रिया श्रेष्ठ, मिस नेपाल सुप्रा नेशनल सिमल कनौजिया, मिस नेपाल इन्टरनेशनल सन्ध्या शर्माले प्रतियोगीलाई स्यास लगाइ दिएकी थिइन् ।

प्रतियोगिताको फाइनल ४ असारमा आयोजना हुँदैछ । जसमा आकृति शाह, आस्रुती सुवेदी, आयुस्नोभा ढुंगाना, ऐश्वर्या शाही ठकुरी, अनुष्का पौडेल, अनुसूर्य डाँगी, अस्मिता ढुंगाना, अस्रा श्रेष्ठ, दिलाशा डोटेल, गंगा गुरुङ, ह्रतुल पौडेल, ममता ढकाल, मानसी चन्द, मेरिका बास्कोटा, न्यान्सी खड्का, प्रियंका रानी जोशी, रोज कँडेल, सरिसा श्रेष्ठ, स्मारिका शर्मा, साफिया श्रेष्ठ, श्रृया गजुरेल, श्रीयान्सु पिया, सुस्मिता बोगटी र यशस्वी श्रेष्ठ रहेकी छिन् ।  मिस नेपाल फाइनल ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुने आयोजकले जनाएको छ ।
 

सम्बन्धित समाचार