२०८३ बैशाख ३ गते , विहीबार

कन्सर्टमा ढलेका भारतीय चर्चित गायक केकेको निधन

sajilo news
झापा
२०७९ जेष्ठ १८ गते , बुधबार
कन्सर्टमा ढलेका भारतीय चर्चित गायक केकेको निधन

भारतीय चर्चित गायक कृष्णकुमार कुन्नाथ (केके) को हृदयघातबाट निधन भएको छ।  कोलकाताको एक कन्सर्टमा गीत गाउँदा गाउँदै मञ्चमै ढलेका केकेको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।  ५३ वर्षीय केके मञ्चमै ढलेपछि उपचारका लागि अस्पताल लगिएको थियो। अस्पतालमा चिकित्सकहरुले उनको निधन भएको घोषणा गरेका थिए।  उनको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतले शोक व्यक्त गरेका छन्। उनले २ सय भन्दाबढी हिन्दी गीत गाएका छन्। 

सम्बन्धित समाचार