२०८३ बैशाख ४ गते , शुक्रबार

इटालीलाई हराउँदै अर्जेन्टिना बन्यो फाइनलसिमामा च्याम्पियन

sajilo news
झापा
२०७९ जेष्ठ १९ गते , विहीबार
इटालीलाई हराउँदै अर्जेन्टिना बन्यो फाइनलसिमामा च्याम्पियन

फाइनलसिमा २०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ। गएराति वेम्बली स्टेडियममा  इटालीलाई ३-० गोल अन्तरले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो।अर्जेन्टिनालाई जित दिलाउन लाउटरो मार्टिनेज, एन्जल डी मारिया र पाउलो डिबालाले एक एक गोल गरे।

खेलको २८ औं मिनेटमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए। पहिलो हाफको इन्जुरी समयमा डी मारियाले गोल गर्दै अर्जेन्टिनालाई २-० को अग्रता दिलाए। त्यसपछि खेलको इन्जुरी समयमा डिबालाले गोल गर्दै अर्जेन्टिनालाई ३-० को सहज जित दिलाए।

यससँगै अर्जेन्टिना तेस्रो संस्करणको फाइनलसिमा च्याम्पियन बनेको छ। फाइनलसिमामा युरोकप च्याम्पियन र कोपा अमेरिका च्याम्पियनबीच प्रतिस्पर्धा हुने गर्दछ। इटाली युरो च्याम्पियन हो भने अर्जेन्टिना कोपा च्याम्पियन हो।

सम्बन्धित समाचार