२०८३ बैशाख ३ गते , विहीबार

दृष्टि सम्बन्धी रोचक तस्बिर सामाजिक सञ्जालमा भाइरल, तपाईँले हात्ती देख्नुभयो ?

sajilo news
झापा
२०७९ जेष्ठ १९ गते , विहीबार
दृष्टि सम्बन्धी रोचक तस्बिर सामाजिक सञ्जालमा भाइरल, तपाईँले हात्ती देख्नुभयो ?

हालै मान्छेको दिमाग चकित पार्ने एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो तस्बिर हेर्न जो कोही पनि आफ्नो टाउको कन्याउन थालेका छन् । तस्बिर हेर्दा सामान्य छ । तर, त्यस तस्बिरभित्र एउटा हात्ती देखिन्छ ? यो दृष्टि सम्बन्धी रोचक भ्रम छरेको छ । तस्बिरमा हात्ती पत्ता लगाउन घण्टौंसम्म हेर्न व्यक्तिहरुले पनि पत्ता लगाउन सकेको छैन ।

१०० जनामा १ प्रतिशत मान्छेले मात्र तस्बिरमा हात्ती भएको पत्ता लगाउन सकेको जानकारहरु बताउँछन् । घना जंगलको बिच एक व्यक्ति बन्दुक लिएर हिँडिरहेको देख्न सकिन्छ । साथै जंगलको पर पर अरू व्यक्ति पनि देख्न सकिन्छ । तपाईँले त तस्बिर हेर्नुभयो, पत्ता लगाउनु भयो त हात्ती कहाँ छ ? यो तस्बिर टिकटक स्टार हेक्टिक निकले बनाएको हो । उनले सामाजिक प्रयोगकर्तालाई हात्ती खोज्न समेत चुनौती दिएका थिए । 

कहाँ छ त तस्बिरमा हात्ती ?
तस्बिरमा हात्ती खोज्न सामान्य कुरा भने छैन । तपाईँले तस्बिरलाई उल्टो पारेर हेर्दा मात्र हात्ती देखिन्छ । त्यो पनि झट्ट हेर्दा देखिँदैन । तस्बिरलाई उल्टो पारेर हेर्दा दुई वटा ठुलो रुख हात्तीको खुट्टा हो । सानो रुख उसको सुँड हो । आँखा पत्ताले छोपेर बनेको देखिन्छ ।

सम्बन्धित समाचार