२०८३ बैशाख ३ गते , विहीबार

झापाको सेल्फी डाँडाले कनकाई नगरपालिकालाई मनोरञ्जन कर नतिरेको खुलासा

sajilo news
झापा
२०७९ जेष्ठ २१ गते , शनिबार
झापाको सेल्फी डाँडाले कनकाई नगरपालिकालाई मनोरञ्जन कर नतिरेको खुलासा

झापा र इलाममा छुट्टा छुट्टै फनपार्क सञ्चालन गर्दै आएका कनकाई नगरपालिकाका दिनेश सिवाकोटी एक पछि अर्को विवादमा तानिएका छन् । सिवाकोटीले झापाको कनकाई नगरपालिकामा केही वर्ष अघिदेखि सञ्चालनमा ल्याएको हेप्पी लेण्ड फन पार्कले नगरपालिकालाई मनोरञ्जन कर समेत नतिरेपछि विवादमा तानिएका हुन् । कनकाई नगरपालिका २ र ३ को सिमानामा हेप्पी लेण्ड फनपार्क सञ्चालनमा रहेको छ । उनले सो पार्कबाट बर्सेनि करोडौँ रुपैयाँ आम्दानी गर्दै आएका छन् ।

सुरुङ्गामा सञ्चालित फन पार्कबाट मनग्य आम्दानी लिइरहेका सञ्चालक सिवाकोटीले इलामको माई नगरपालिका २ मा समेत चेप्टी फनपार्क सञ्चालनमा ल्याएका थिए । सो पार्क सञ्चालनका क्रममा उनले सामुदायिक वनको जमिन हडपेपछि विवादमा तानिएका हुन् । अहिले सो विषयलाई लिएर छानबिन समिति समेत गठन भएको र गठित समितिले काम सुरु गरेको बताइएको छ ।

सिवाकोटीले कनकाई नगरपालिकाले मनोरञ्जन कर बुझाउन पटक पटक तागेता गर्दा समेत उनले कर नतिरेको नगरपालिकाले जनाएको छ । कनकाई नगरपालिकाले तत्काल कर बुझाउन भनी पटक पटक सेल्फी डाँडो समेत भनिने ह्रयाप्पी लैण्ड फन पार्कलाई पत्र काटे पनि उनले अटेर गरिरहेको नगरपालिकाले जनाएको छ ।

कनकाई नगर पालिकाको मनोरञ्जन कर शीर्षकमा हरेक टिकटबाट ५ प्रतिशत रकम नगरपालिकालाई मनोरञ्जन कर बापत तिर्नुपर्ने व्यवस्था छ । हैप्पी लैण्ड फनपार्क अर्थात् सेल्फी डाँडाले हालसम्म ५ वर्षमा कम्तीमा पनि करोडौँ रुपैयाँ कर कनकाई नगरपालिकालाई तिर्नुपर्ने देखिन्छ । हैप्पी लैण्डले कम्तीमा २ सय र विशेष अवस्थामा ५ सय रुपैयाँ प्रतिटिकटको रकम लिएर मानिसहरू भित्र प्रवेश गराउने गरेको छ ।

सम्बन्धित समाचार