२०८३ बैशाख २० गते , आईतबार
कटुवा पेस्तोल र लागु औषधसहित एक जना पक्राउ
सुनसरीको कोसी गाउँपालिकामा कटुवा पेस्तोल र लागु औषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका- ३ सुनसरी घर बताउने १९ वर्षीय रोहित राई रहेका छन । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले बुधवार बिहान कोसी गाउँपालिका- २ बाट राईलाई एउटा कटुवा पेस्तोल, एक थान गोलीको खोका, लागु औषध डाईजापाम १० एम्पुल, नाइट्रोजन १० ट्याब्लेट, लिजेसिक ३ एम्पुल, ट्रामाडोल ३३७५ पिससहित पक्राउ गरेको हो । कटुवा पेस्तोल र लागु औषध सहित पक्राउ परेका उनको जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ ।