२०८३ बैशाख ४ गते , शुक्रबार

झापा फुटबल क्लबका खेलाडी र अफिसियललाई नगदसहित सम्मान

sajilo news
झापा
२०७९ असार ३ गते , शुक्रबार
झापा फुटबल क्लबका खेलाडी र अफिसियललाई नगदसहित सम्मान

झापा । झापा गोल्डकपले सहिद स्मारक ‘सी’ डिभिजन लिग च्याम्पियन बनेको झापा फुटबल क्लबका खेलाडी तथा अफिसियललाई नगदसहित सम्मान गरेको छ । बिहीबार बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरी झापा गोल्ड कपले पुरस्कृत तथा सम्मान गरेको हो ।

क्लबका खेलाडी तथा अफिसियललाई पुरस्कारस्वरुप जनही ११ हजार रुपैयाँ प्रदान गरिएको थियो । जेठ २० गते सम्पन्न ‘सी’ डिभिजन लिगमा झापा फुटबल क्लब च्याम्पियन बन्दै बी डिभिजनमा बढुवा भएको थियो । खेलाडीलाई प्रोत्साहन गर्न झापा गोल्ड कपले पुरस्कृत गर्ने निर्णय गरेको महासचिव गजेन्द्रबहादुर पौडेलले बताए । क्लबका खेलाडी तथा अफिसियल ३० जनालाई जनही ११ हजार रुपैयाँ प्रदान गरिएको हो ।

स्वयम्भु फुटबल क्लबलाई लिगको अन्तिम खेलमा ४–२ ले पराजित गर्दै झापाले ‘बी’ डिभिजन लिगमा आफ्नो स्थान पक्का गरेको थियो । लिग विजेता झापाले १३ खेलको समाप्तिमा ३४ अंक जोडेको थियो । झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेतको अध्यक्षतामा भएको सम्मान कार्यक्रम झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा झापाली फुटबलका अगुवा तथा झापा गाल्ड कपका संरक्षक जलकुमार गुरुङ, मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिमिल्सिना, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी, बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकी, नेपाल उद्योग वाणिज्य महासंघका १ नम्बर प्रदेश अध्यक्ष टिकाराज ढकाल लगायतले शुभकामना व्यक्त गरेका थिए ।

झापा फुटबल क्लबका खेलाडी तथा अफिसियलः
सञ्जय गुरुङ, टेकेन राना मगर, पेमा तामाङ, लक्ष्मण बेघा लिम्बू ९कप्तान०, सुमन मगर, विशाल थिङ तामाङ, सञ्जोग मगर, मनिष योङहाङ, पारस कार्की, पुजन राई, विशाल खवास, सन्दीप लिम्बू, निखिल तामाङ, दिनेश मुर्मू, विश्वास सुब्बा, सिद्धार्थ अधिकारी, विक्रम राई, आशिष गुरुङ, शान्तिराम बस्नेत, युवराज तामाङ, खगेन्द्र बयलकोटी, विशाल राई ए, हरिबहादुर मगर । टिम व्यवस्थापकः पेम्बु गुरुङ, टिम सहायक व्यवस्थापकः गोपाल राई, मुख्य प्रशिक्षकः अंकुरकुमार खड्गी, गोलकिप्पर प्रशिक्षकः रोशन शाह ठकुरी, व्यवस्थापकः सन्तोष गुरुङ र रमेश गुरुङ ।

सम्बन्धित समाचार