२०८३ बैशाख ३ गते , विहीबार

जाहीरसँगको सम्बन्धमा अभिनेत्री सोनाक्षी

sajilo news
एजेन्सी
२०७९ असार ४ गते , शनिबार
जाहीरसँगको सम्बन्धमा अभिनेत्री सोनाक्षी

मुम्बई । बलिउड अभिनेत्री सोनाक्षी सिन्हा र जाहीर इकवालसँगको सम्बन्धले बलिउडमा चर्चा पाइरहेको छ । सोनाक्षीको जन्मदिनमा हालै जाहीरले ‘आई लभ यु’ लेख्दै एक भिडियो पोस्ट गरेकी थिइन् । यस पोस्टमार्फत जाहीरले सोनाक्षीसँगको आफ्नो सम्बन्ध अफिसियल गरिन् । सोनाक्षीले पनि पोस्टमा प्रतिक्रिया दिँदै यो सम्बन्धको पुष्टि गरिन्।

दुवैले एकअर्कालाई लामो समयदेखि चिनेका थिए । जाहीर इकवाल हालै दिनेश विजनकी बहिनी पूजा विजनको विवाहमा देखिएका थिए । केही समयअघि सोनाक्षीले आफ्नो ब्युटी ब्रान्ड लन्च गरेकी थिइन्, जसका लागि अभिनेत्रीले फोटोसुटमा हिराको औंठी लगाएकी थिइन् । त्यसयता फ्यानहरूले दुवैको इन्गेजमेन्टको अनुमान गर्न थालेका थिए ।
 

सम्बन्धित समाचार