२०८३ बैशाख २० गते , आईतबार

लागू औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

sajilo news
झापा
२०७९ असार ५ गते , आईतबार
लागू औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

झापामा लागू औषध मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका-७ निवासी ३९ वर्षीय तेजबहादुर मगर रहेका छन् । झापा जिल्ला अदालतको २०७६ जेठ ५ गतेको फैसला बमोजिम लागू औषध मुद्दामा उनलाई ६ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना सजाय सुनाइएको थियो । फरार रहेका मगरलाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले शनिवार पक्राउ गरी कैद भुक्तानको लागि आइतबार झापा कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार