२०८३ बैशाख ४ गते , शुक्रबार

एन्फाको अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित

sajilo news
काठमाडौं
२०७९ असार ६ गते , सोमबार
एन्फाको अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित

अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित भएका छन्। काठमाडौंको बूढानीलकण्ठस्थित पार्क भिलेजमा सोमबार साँझ भएको चुनावमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतान्तरले हराउँदै नेम्वाङ अध्यक्ष निर्वाचित भएका हुन्। उनी एन्फाका निवर्तमान वरिष्ठ उपाध्यक्ष हुन्।

नेम्वाङले ४५ मत पाउँदा शेर्पाले ३९ मत मात्र पाए। अध्यक्षका अर्का उम्मेदवार फ्रेन्ड्स क्लबका पूर्वअध्यक्ष राजीव पौडेलले भने एक मत पनि पाएनन्। कार्यसमितिका २१ पदका लागि सबै ८४ जनाले नै मतदान गरेका थिए।

एन्फाको निर्वाचन प्रक्रियामा ४४ जिल्ला, ४ राष्ट्रिय लिगका क्लब, ४ एन्फा संघ, ए डिभिजनका १४ क्लब, बी डिभिजनका ११ र सी डिभिजनका ९ क्लबले मतदान गरेका थिए। अन्य पदको पनि गणना भइसकेपछि आजै सबै मत परिणाम सार्वजनिक गर्ने एन्फाको तयारी छ।

४ उपाध्यक्षमा उपेन्द्रमान सिंह, दीर्घबहादुर केसी, रत्नकुमार श्रेष्ठ र विज्ञानराज शर्मा प्रतिस्पर्धामा छन्। नेम्बाङ प्यानलका वीरबहादुर खड्का वरिष्ठ उपाध्यक्षमा विजयी भएका छन्। उनले शेर्पा प्यानलका शिक्षित पराजुलीलाई ४ मतले पराजित गरेका छन्।

उपाध्यक्षमा विराटजंग शाही, दावा लामा, सुन्दरनरसिंह जोशी र दीपक खतिवडाको उम्मेदवारी छ। एन्फाको २१ सदस्यीय कार्यसमितिका लागि ५० जनाको उम्मेदवारी परेको छ। एन्फा निर्वाचनबाट १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष र २ महिलासहित १५ सदस्य निर्वाचित हुनेछन्।

सम्बन्धित समाचार