२०८३ बैशाख ५ गते , शनिबार

एसईईको प्रश्नपत्र ९ लाखमा बिक्री

sajilo news
झापा
२०७९ असार ३० गते , विहीबार
एसईईको प्रश्नपत्र ९ लाखमा बिक्री

२०७७ सालको माध्यमिक शिक्षा परीक्षा ९एसईई०का प्रश्नपत्र ९ लाख २३ हजार ६५० मा बिक्री गरिएको एसईई परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।

कोभिड-१९ का कारण २०७७ सालमा एसईई सञ्चालन हुन नसकेपछि प्रश्नपत्र पनिकामा राखिएको थियो । ५२ हजार ७८० केजी प्रश्नपत्र केजीको साढे १७ रुपैयाँले विक्री गरिएको कार्यलयले जनाएको छ ।

कार्यालयले झुरा कागजमा राजश्व उठ्ने गरी बेच्नको लागि बोलपत्र आह्वान गरेको थियो । परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले डढाउनु अथवा कुहाउनु भन्दा रिसाईक्लिङ गर्नु राम्रो भएकाले र राजश्व पनि आउने भएकाले बिक्री गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘डढाउनु अथवा कुहाउनु भन्दा रिसाईक्लिङ गर्नु राम्रो हो, राजश्व पनि आयो ।’

कार्यालयका अनुसार करिब २ करोड लागतमा उक्त प्रश्नपत्र छापिएको थियो । यसअघि २०७६ सालको प्रश्नपत्र प्रहरीको रोहबरमा जलाइएको थियो ।
 

सम्बन्धित समाचार