पेट्रोलियम पदार्थको मूल्य नघट्ने
झापा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य नघटाउने भएको छ। अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपनि निगमले तत्काल नघटाउने भएको हो। प्रतिब्यारेल १ सय २० डलरभन्दा माथि रहेको कच्चा तेलको मूल्य हालै ९७ डलरमा कारोबार भइरहेको छ। यससँगै भारतीय आयल कर्पोरेशन (आईओसी) बाट शनिबार राती घटेको मूल्य नेपाल आयल निगमले पाएको छ। आईओसीले पेट्रोलमा प्रतिलिटर १५ रूपैयाँ ७६ पैसा र डिजेलमा १६ रूपैयाँ ५६ पैसा घटाएर पठाएको छ।
निगमका सहप्रवक्ता पुष्कर कार्कीले घाटा अझै धेरै भएकाले तत्काल मूल्य समायोजन नहुने बताए। घटेको मूल्य सूचीसँगै निगमको घाटा कम हुने निगमले जनाएको छ। निगमका अनुसार पेट्रोलमा १४ रुपैयाँ १९ पैसा, डिजेलमा २१ रुपैयाँ ९२ पैसा घाटामा छ। निगमले हवाइ इन्धनमा केही नाफा गरेको छ। एलपी ग्यासमा १ जुलाइको मूल्य अनुसार ५ सय ८२ रुपैयाँ ४२ पैसा घाटा रहेको तथा मासिक ४ अर्ब ३२ करोड घाटा रहेको निगमले जनाएको छ।
निगमले आइओसीलाई ३१ अर्ब २० करोड बढी बक्यौता रकम भुक्तानी गर्न बाँकी छ। निगमले १ सय ३१ रुपैयाँ ९१ पैसामा पेट्रोल, १ सय ४६ रुपैयाँ ५२ पैसामा डिजल र १ सय २१ रुपैयाँ ८३ पैसामा मट्टीतेल खरिद गर्छ। सरकारले पेट्रोलबाट ६५ रुपैयाँ ६१ पैसा, डिजेलबाट ४९ रुपैयाँ ५३ पैसा र मट्टीतेलमा १३ रुपैयाँ ९५ पैसा कर लिन्छ। निगमले पेट्रोल १ सय ८१ रुपैयाँ, डिजेल र मट्टीतेल १ सय ७२ रुपैयाँ र हवाइ इन्धन ९आन्तरिक० १ सय ९० र हवाइ इन्धन ९बाह्य० १ दशमलव ६४५ डलर र एलपी ग्याँस १ हजार ८ सयमा बिक्री गर्छ । आजको अन्नपूर्ण पोष्टमा खबर छ ।