२०८३ बैशाख ८ गते , मंगलबार
भारतमा पहिलो पटक मंकीपक्स संक्रमितको मृत्यु
मंकीपक्स संक्रमणबाट भारतको केरलमा एक जनाको मृत्यु भएको छ । शनिबार मृत्यु भएको युवकलाई मंकीपक्सको पश्चिम अफ्रिकी भेरिएन्ट संक्रमण भएको केरलाको स्वास्थ्य विभागले जनाएको छ ।
भारतमा मंकीपक्सबाट पहिलो मृत्यु भएको बताइएको छ । केरलकी स्वास्थ्यमन्त्री बिना जर्जले २२ वर्षीय युवकको मृत्यु भएको जानकारी दिएकी छन् । ती युवक यूएईबाट भारत आएको उनले जानकारी दिएकी छन् । उनलाई मंकीपक्स संक्रमण देखिएपछि केरलकै एक निजी अस्पतालमा भर्ना भएको थियो । मृतकको परिवार सदस्यहरूका अनुसार उनी यूएईको रास अल खइमाहमा कार्यरत थिए । साथै उनी जुलाइ २२ मा आफ्नो घर आइपुगेका थिए ।