२०८३ बैशाख ८ गते , मंगलबार

अमेरिकी ड्रोन आक्रमणमा मारिए अल कायदाका नेता

sajilo news
एजेन्सी
२०७९ श्रावण १७ गते , मंगलबार
अमेरिकी ड्रोन आक्रमणमा मारिए अल कायदाका नेता

झापा । अमेरिकी मानवरहित विमान (ड्रोन) आक्रमणमा अफगानिस्तानमा अल कायदाका एक नेता मारिएका छन्।  अमेरिकी राष्ट्रपति जो बाइडेनले अल कायदा नेता यामन अल जवाहिरी मारिएको पुष्टि गरेका हुन्।

अमेरिकाको केन्द्रीय अनुसन्धान ब्यूरोले चलाएको आतंकवाद विरोधी कारबाहीमा जवाहिरी अफगानिस्तानको राजधानी काबुलमा मारिएको जनाइएको छ। 

अमेरिकी आक्रमणमा जवाहिरी मारिएको र परिवारका अरु सदस्य सुरक्षित रहेको जनाइएको छ। ७१ वर्षीय जवाहिरीविरुद्ध कारबाहीका लागि अमेरिकी राष्ट्रपति बाइडेनले केही दिनअघि अनुमति दिएका थिए। 

सन् २०११ मा अमेरिकाले ओसामा बिन लादेनलाई मारेपछि अल कायदाको नेतृत्व जवाहिरीले गरेका थिए। सन् २००१ मा भएको अमेरिकी ट्वीन टावर आक्रमणमा अमेरिकाले लादेनसहित जवाहिरीलाई पनि सर्वाधिक खोजीको सूचीमा राखेको थियो।

सम्बन्धित समाचार