२०८३ बैशाख ८ गते , मंगलबार

थाइल्याण्डको एक पबमा भीषण आगलागी, कम्तीमा १३ जनाको मृत्यु

sajilo news
एजेन्सी
२०७९ श्रावण २१ गते , शनिबार
थाइल्याण्डको एक पबमा भीषण आगलागी, कम्तीमा १३ जनाको मृत्यु

बैंकक । पूर्वी थाइल्याण्डको एक पबमा शुक्रबार भएको भीषण आगलागीमा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्। प्रहरी र उद्धार टोलीले उक्त जानकारी दिएका हुन्।

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा पबको प्रवेशद्वारबाट मानिसहरु दौडिरहेको देखिन्छ र ढोकाबाट धुवाँ निस्किरहेको देखिन्छ। केहीबेरमै प्रवेशद्वारको ढोका एक्कासी आगोले जलको र बाहिर निस्केका धेरैको लुगा जलेको देखिन्छ।

घटनामा कम्तीमा तीन दर्जन व्यक्ति घाइते भएको उद्धारकर्मीहरूले बताएका छन्। प्रान्तीय प्रहरी प्रमुख मेजर जनरल अथासित खिज्जानले समाचार च्यानल पीपीटीभीलाई भने, 'बैंककबाट १६० किलोमिटर दक्षिणपूर्वमा रहेको चोनबुरी प्रान्तको सट्टाहिप जिल्लाको माउन्टेन बी पबमा आगलागी भएको थियो र कारणबारे अनुसन्धान भइरहेको छ।’

फरेन्सिक टोलीले घटनास्थलबाट प्रमाण संकलन गरिरहेको उनले बताए । अधिकारीहरूले विस्फोटको आवाज सुनेपछि धेरै प्रत्यक्षदर्शीहरूले पबको स्टेज नजिकैको छतबाट धुवाँ र आगोका लप्का निस्किएको बताए। नाना नामका प्रत्यक्षदर्शीले पीपीटीभीलाई भने, ‘गायिकाले पनि धुवाँ र आगो निस्किरहेको देखेको हुनुपर्छ। त्यसैले उनले आगो लाग्यो भनेर चिच्याउँदै माइक फालेर कुदेकी थिइन्।’

सम्बन्धित समाचार