२०८३ बैशाख १२ गते , शनिबार

आज २८ औं विश्व आदिवासी दिवस, देशभर मनाइँदै

sajilo news
झापा
२०७९ श्रावण २४ गते , मंगलबार
आज २८ औं विश्व आदिवासी दिवस, देशभर मनाइँदै

२८ औं विश्व आदिवासी दिवस आज आदिवासी जनजाति संघ संस्थाहरुले विषेश कार्यक्रमको आयोजना गरेर मनाउँदै छन्।  आदिवासी ज्ञानको संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाको भूमिका भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो। दिवसको अवसरमा नेपाल 
आदिवासी जनजाति महासंघको नेतृत्वमा आदिवासी जनजातिजन्य संघ संस्थाहरुले संयुक्तरुपमा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा विषेश कार्यक्रमको आयोजना गरेका छन्। 

कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा दिउँसो १ बजे प्रमुख अतिथिको रुपमा सहभागी हुनेछन्। त्यसअघि बिहान ११ बजे भृकुटिमण्डपमा आफ्ना भुषभुषासहित संघसंस्थाहरुले  झाँकी र्‍याली निकाल्ने कार्यक्रम रहेको छ। 

विश्वका आदिवासीहरुले हरेक वर्षको ९ अगष्टलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसको रुपमा मनाउँदै आएको छन्।​ यसैबीच विश्व आदिवासी दिवसका अवसरमा तनहुँका ६ स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। शुक्लागण्डकी, भानु, व्यास ,म्याग्दे, ऋषिङ , घिरिङ गाउँपालिकाले बिदा दिएका हुन्। 

सम्बन्धित समाचार