२०८३ बैशाख ८ गते , मंगलबार

जम्मु कश्मीरमा सेना र आतंकवादीबीच भीडन्त, ३ सेना र २ आतंकवादीको मृत्यु

sajilo news
एजेन्सी
२०७९ श्रावण २६ गते , विहीबार
जम्मु कश्मीरमा सेना र आतंकवादीबीच भीडन्त, ३ सेना र २ आतंकवादीको मृत्यु

कश्मीर । जम्मु कश्मीरको राजौरी जिल्लाको दारहल क्षेत्रमा बिहीबार बिहान भारतीय सेनाको क्याम्प नजिक सुरक्षा बल र चरमपन्थीबीच भिडन्त भएको छ । सेनाका एक वरिष्ठ अधिकारीका अनुसार यस भिडन्तमा तीन भारतीय सैनिकको मृत्यु भएको छ भने दुई आतंकवादीको पनि मृत्यु भएको छ ।   जम्मुका अतिरिक्त प्रहरी महानिर्देशक मुकेश सिंहले लिखित बयान जारी गर्दै आक्रमणमा दुई आतंकवादीको मृत्यु भएको पुष्टि गरेका छन्। मुकेश सिंहले आफ्नो बयानमा दारहाल प्रहरी चौकीबाट करिब ६ किलोमिटर टाढा रहेको सेनाको क्याम्पमा आक्रमण भएको बताए  थप सुरक्षा बल घटनास्थलमा पठाइएको र क्षेत्रमा खोजी अभियान जारी रहेको बीबीसी समाचारमा उल्लेख छ।

सम्बन्धित समाचार