२०८३ बैशाख १२ गते , शनिबार

भद्रपुरका व्रामण क्षेत्रीले सामूहिक रूपमा जनै फेरे

sajilo news
झापा
२०७९ श्रावण २७ गते , शुक्रबार
भद्रपुरका व्रामण क्षेत्रीले सामूहिक रूपमा जनै फेरे

भद्रपुर । भद्रपुर नगर क्षेत्रका व्रामण क्षेत्री समुदायका पुरुषहरूले जनै पूर्णिमा अन्तर्गत सामूहिक जनै फेर्ने कार्यक्रम सम्पन्न गरेको छ ।  भृकुटी युवा क्लबको आयोजनामा भद्रपुर- ९ स्थित हडिया/निन्दा घाटमा सामूहिक जनै फेर्ने कार्यक्रम सम्पन्न गरिएको हो ।

भृकुटी युवा क्लबका अध्यक्ष डिल्लीराम अधिकारीको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा भद्रपुर ८, ९, १० र ५ का अधिकांश बासिन्दाका लागि मृत्यु संस्कार अन्तर्गत शव दहन स्थल हडिया निन्दा किनारमा परम्परादेखि रहेको भए पनि केही वर्षयता जातीयताका नाममा राजनीतिकरण गरेर दाहसंस्कार कार्यमा अवरोध गरिएको भन्दै नगरपालिकाले सो स्थानमा रामघाट निर्माणमा सहयोग गर्नु पर्ने स्थानीयले माग गरेका छन् ।

स्थानीयको माग सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले निन्दा पुल दक्षिणमा शव दहन स्थल कायम गरी रामघाट बनाउन सरोकारवाला स्थानीय अगाडि बढे सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । प्रमुख पोखरेलले मृत्यु संस्कार कर्म अन्तर्गत लास व्यवस्थापनका लागि शव दहन अनिवार्य भएकोले खोला किनारमा बस्तीमा असर नगर्ने गरी आर्यघाट बनाउँदा नगरपालिका बाधक नहुने समेत प्रस्ट पारेका छन् ।

कार्यक्रममा भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजी, भद्रपुर ९ का वडाध्यक्ष रामप्रसाद दाहाल तथा भद्रपुर ८ का वडाध्यक्ष गौरव सुब्बा मनोजले सो स्थानमा दाहसंस्कार स्थल बनाउन वडाका तर्फबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार