२०८३ बैशाख ५ गते , शनिबार
प्रशान्त पौडेलको “चिसो पानी सोल्टिनी” गीत सार्वजनिक
दर्शकको अपार माया पाएको गीत “कति राम्री सान नानी, दिल बस्यो हिरैमा” बोलका गायक प्रशान्त पौडेलको “चिसो पानी सोल्टिनी” गीत सार्वजनिक भएको छ ।
आफ्नै शब्द र सङ्गीत रहेको यस गीतमा गायक पौडेल आफ्नो सोल्टिनीको गाउँ जाँदा उनलाई सम्झँदै गीत गाएको देख्न सकिन्छ भने गायक सविन सुवेदीले उनलाई साथ दिएका छन् । पूर्वेली भाकामा रहेको उक्त गीत टार्जन लिम्बुले छायाङ्कन गरेका हुन भने सम्पादन दिनसन साहले गरेका छन् ।
गायक पौडेलको यो दोस्रो गीत उनकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । उनको पहिलो गीत “सान नानी जाम पोखरा” साङ्गीतिक बजारमा निकै नै लोक प्रिय बनेको थियो जुन ५७ लाख भन्दा बढी दर्शकहरूले हरिसकेका छन् ।
https://www.youtube.com/watch?v=dg71xsJnHVU&t=1s&ab_channel=PrashantPoudel