२०८३ बैशाख ५ गते , शनिबार

चर्चित दुई मोडललाई १५ वर्ष जेल सजाय

sajilo news
एजेन्सी
२०७९ श्रावण २८ गते , शनिबार
चर्चित दुई मोडललाई १५ वर्ष जेल सजाय

यांगुन । म्यानमारका दुई चर्चित मोडललाई १५ वर्ष जेल सजाय सुनाइएको छ । अश्लिल भिडियो पोस्ट गरेको भन्दै मोडलहरू नाङ म्वे सान र थिन्जर विन्ट क्यावलाई १५ वर्षको जेल सुनाइएको हो । उनीहरूलाई संस्कृति र मर्यादालाई हानी पुर्‍याएको आरोप लगाइएको छ ।

उनीहरूले कथित अश्लिल तस्बिर र भिडियो वितरण गरेको र त्यसले म्यानमारको संस्कृति र सम्मानमा हानी पुगेको जुन्ता सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सैन्य कुपछि सन् २०२१ मा शक्ति हातमा लिएपछि जुन्ताले म्यानमारको परम्परागत संस्कृतिलाई संरक्षण गर्न खोजिरहेको छ । सरकारले अनलाइन सामग्रीमा नियन्त्रण र मनोरञ्जनपूर्ण सामग्रीमा सेन्सर लगाएको छ ।

वेबसाइटहरूमा अश्लिल सामग्री पोस्ट गर्ने र म्यानमारका महिलाहरूको लज्जा र विनम्रतालाई हानी पुर्‍याउने अन्यलाई पत्ता लगाई प्रभावकारी कारबाही गरिने सेनाको विज्ञप्तिमा चेतावनी दिइएको छ ।
 

सम्बन्धित समाचार