२०८३ बैशाख ८ गते , मंगलबार
भारतीय सेयर बजारमा 'बादशाह' भनेर चिनिने झुनझुनवालाको निधन
भारतीय सेयर बजारमा 'बादशाह' भनेर चिनिने लगानीकर्ता राकेश झुनझुनवालाको निधन भएको छ। उनको ६२ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यले जनाएका छन्।
उपचारका क्रममा मुम्बइको ब्रीच क्यान्डी अस्पतालमा निधन भएको हो। अस्वस्थ भएपछि उनलाई दुई/तीन हप्ताअघि सोही अस्पताल भर्ना गरिएको थियो । त्यतिबेला स्वास्थ्य लाभ गरेपछि उनी घर फर्केका थिए।
५ हजार (भातीय रुपैयाँ) रुपैयाँ लगानी गरेर सेयर बजार पसेका झुनझुनवालले करौडोंको सम्पत्ती जोडेका छन्। उनले १९८५ मा दलाल स्ट्रीटमार्फत ५ हजार मूल्यको सेयर खरिद गरेका थिए। हाल उनको ४० हजार करोड ९भारतीय रुपैयाँ० सम्पत्ती रहेको जनाइएको छ।