२०८३ बैशाख ४ गते , शुक्रबार

फिफाले लगायो भारतलाई अनिश्चितकालिन प्रतिबन्ध

sajilo news
झापा
२०७९ श्रावण ३१ गते , मंगलबार
फिफाले लगायो भारतलाई अनिश्चितकालिन प्रतिबन्ध

फुटबलको सर्वोच्च निकाय फिफाले भारतलाई अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ। अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) लाई यसअघि नै फिफाले पटक पटक चेतावनी दिएको थियो।

भारतको सर्वोच्च अदालतले एआईएफएफमा चुनाव गराउन निर्देशन दिँदै आफ्नै बोर्ड गठन गरेपछि फिफाले त्यसो नगर्न चेतावनी दिएको थियो। तर फुटबलको निकायलाई स्वतन्त्र चुनाव गराउन वातावरण नदिएपछि फिफाले प्रतिबन्ध लगाएको हो। फिफाले अदालतको आदेश हटे निलम्बन फुकुवा गर्ने छ। 

फिफाको यो निर्णयसँगै भारतले अब अन्तर्राष्ट्रिय रुपमा क्लब तथा राष्ट्रिय टोलीको प्रतियोगिता खेल्न पाउने छैन। यसको प्रत्यक्ष असर यू(१७ महिला विश्वकपलाई पर्ने भएको छ। यू-१७ महिला विश्वकप आगामी अक्टुबर ११ देखि ३० सम्म भारतमा हुने तालिका छ। 

सम्बन्धित समाचार