२०८३ बैशाख ३ गते , विहीबार

जलथल जंगलमा नेपालकै दुर्लभ वनस्पति भेटियो 'बाँदरको लिस्नो' 

sajilo news
झापा
२०७९ भाद्र २ गते , विहीबार
जलथल जंगलमा नेपालकै दुर्लभ वनस्पति भेटियो 'बाँदरको लिस्नो' 

फरेस्ट एक्सन नेपालको अध्ययन टोलीले जलथल जंगलमा नेपालकै दुर्लभ वनस्पतिको प्रजाति ”बाँदर को लिस्नो” भेटाएको जानकारी प्राप्त भएको छ । यो वनस्पति नेपालमा सबै भन्दा पहिले DA Stainton ले सन् १९७९ मा पूर्वी नेपाल बाट अभिलेख गरेका थिए ।

झट्ट हेर्दा साइकल वा मोटर साइकलको चेन जस्तै देखिने यो वनस्पति हेर्दै अचम्म लाग्दो देखिन्छ , यसको लहरा (काण्ड) लाई विभिन्न नामले अर्थ्याउन सकिन्छ । जलथलका स्थानीयले नागबेली भन्ने यसलाई पूर्वी नेपालको झापा र इलाममा नाग लहरा भानिन्छा यसको वैज्ञानिक नाम Bauhinia scandens sub sp. horsfieldi हो यो वनस्पति टाँकी, भोर्ला, कोइरालाको जातमा पर्दछ । नेपाल पूर्व मलेसिया सम्म यो वनस्पति पाइन्छ ।

यो प्रजाति जलथलमा अत्यन्तै दुर्लभ छ र यसको पछाडिको एउटा कारण यसको दोहन र बिउको उमार शक्ति कम हो भन्न सकिन्छ ।हामीले डिभिजन वन कार्यालय र सामुदायिक वन सँग मिलेर यसको प्रजनन गराउने काम गर्दै छौ ।

सम्बन्धित समाचार