२०८३ बैशाख ४ गते , शुक्रबार

कलबलगुरी प्राविका विद्यार्थीलाई शैक्षिक सामग्री

sajilo news
रेवतीराज घिमिरे
२०७९ भाद्र २ गते , विहीबार
कलबलगुरी प्राविका विद्यार्थीलाई शैक्षिक सामग्री

भद्रपुर । चन्दगढी सामुदायिक प्रहरी सेवा केन्द्रले भद्रपुर–१० स्थित कलबलगुरी प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
विद्यालय प्राङ्गणमा बिहीबार आयोजित एक कार्यक्रमका बीच केन्द्रले १० हजार मुल्य बराबरका विद्यालय झोला र केन्द्रका सदस्य लालबहादुर चहारले सौजन्य गरेको कापी र डटपेन वितरण गरिएको हो ।
विद्यालयका  कक्षा १ देखि ५ सम्म अध्ययनरत छात्रछात्रालाई कार्यक्रमका प्रमुख अतिथि १० नम्बर वडा सदस्य तुलसी पोखरेल, अध्यक्ष दुर्गाप्रसाद पाठक लगायतले सो सामग्रीहरू वितरण गरेका थिए । 
कार्यक्रममा बोल्दै केन्द्रका अध्यक्ष पाठकले आफूलाई भर्खरै मात्र नेपाल मानव अधिकार आयोगले आयोगको झापा संयोजकको रुपमा काम गर्ने थप जिम्मेवारी समेत दिएको बताउँदै झापाको मानव अधिकारको क्षेत्रमा सक्रिय भएर काम गर्ने बताए । 
उनले झोलामा  किताब  बोकेर  विद्यालयमा अध्यापन गर्न  सबै बालबालिकाको जान पाउनु उनीहरूको नैसर्गिक अधिकरकार भएको बताउँदै संविधान सम्मत सबैले पढ्न लेख्न पाउनु पर्नेमा जोड दिए ।
पाठकले नेपालका सबै नागरिकले मानवअधिकारको रक्षा गर्न र संविधानले दिएका मौलिक हक अधिकारको स्वतन्त्र रुपमा प्रयोग गर्न पाउनु पर्ने समेत बताए । 
पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य पोखरेल, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव निरीक्षक रत्नबहादुर श्रेष्ठ, समाजसेवी देवेन्द्र गौतम,  केन्द्रका सल्लाकार  नरेश सन्जेल लगायतले मन्तव्य राखेका थिए ।  खड्गबहादुर बुढाथोकीले सञ्चालन गरेको कार्यक्रमको स्वागत वरिष्ठ उपाध्यक्ष बाबुराम कार्कीले राखेका थिए । 

सम्बन्धित समाचार