२०८३ बैशाख ८ गते , मंगलबार

हिमाञ्चलमा बाढी र पहिरोमा परी कम्तीमा १५ जनाको मृत्यु

sajilo news
एजेन्सी
२०७९ भाद्र ५ गते , आईतबार
हिमाञ्चलमा बाढी र पहिरोमा परी कम्तीमा १५ जनाको मृत्यु

भारतको उत्तरी पहाडी राज्य हिमाञ्चल प्रदेशमा शनिबार अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी कम्तीमा १५ जनाको मृत्यु हुनाका साथै अन्य आठ जना बेपत्ता भएका छन्। 

बेपत्ताहरुको खोजी कार्य जारी रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने आशङ्का गरिएको छ। अविरल वर्षाले राज्यको मण्डी र चम्बा जिल्ला सबैभन्दा बढी प्रभावित भएको बताइएको छ। 

मण्डी जिल्लाको एउटा गाउँमा पहिरोमा परी घर भत्किँदा एकै परिवारका आठ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यममले जनाएका छन्। उनीहरुको शव फेला परिरसकेको छ।

सोही जिल्लामा  छुट्टै बाढीमा दुई जनाको मृत्यु भएको छ भने पाँच घर डुबानमा परेका छन्। यसबाहेक चम्बा जिल्लामा पहिरोले घर भत्किँदा एक महिलासहित तीन जनाको मृत्यु भएको छ। 

बाढी र पहिरोका कारण घर भत्किने यस्ता थुप्रै घटनाहरू अन्यत्र पनि रिपोर्ट गरिएको छ जसमा कम्तीमा दुई जनाको मृत्यु भएको बताइएको छ। सो क्षेत्रहरूमा  स्थानीयहरूलाई सचेत रहन आग्रह गरिएको छ।

सम्बन्धित समाचार