२०८३ बैशाख ३ गते , विहीबार

भद्रपुरमा आइपीएम पाठशालाको उद्घाटन

sajilo news
रेवतीराज घिमिरे
२०७९ भाद्र ८ गते , बुधबार
भद्रपुरमा आइपीएम पाठशालाको उद्घाटन

भद्रपुर । विषादी न्यूनीकरण गर्दै जैविक कृषि पद्धति सञ्चालन गर्ने उद्देश्यले झापाको भद्रपुरमा आइपीएम पाठशालाको एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

कृषि ज्ञान केन्द्र झापा तथा चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहको सहयोगमा एकता मूल कृषि सहकारी संस्थाले भद्रपुर ९ घोडामारास्थित शिवालय मन्दिरमा  आयोजित बुधवार एक कार्यक्रमका बीच पाठशालाको उद्घाटन गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका  नगरपालिकाका प्रमुख गणेश पोखरेलले विषादीरहित कृषि उत्पादनलाई पहिलो प्राथमिकता दिएको बताउँदै नगरपालिकाले कृषकहरूलाई प्रोत्साहन गर्न नगरमा पहिलो पटक  पशु सुत्केरी भत्ता दिने  अवधारण ल्याएको बताए ।

विषादीरहित कृषि उत्पादनमा गर्न संचलान गरिएको आइपीएम पाठशाला अभियानको विकाश गर्दै कृषि व्यवसायलाई उत्पादन मुखी व्यवसायको रुपमा लिनुपर्ने उनले बताए ।    

ज्ञान केन्द्रका प्रमुख सागर विष्टले विषादीरहित उत्पादन आजको प्रमुख आवश्यकता रहेको बताए । उनले पाठशाला सञ्चालन गर्न कृषि ज्ञान केन्द्रले प्राविधिक सहयोग गर्ने प्रतिबद्धता जनाए । 

  कार्यक्रममा भद्रपुर ९ का वडा अध्यक्ष राम दाहाल,    चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूह अध्यक्ष दुर्गाप्रसाद भट्टराई बाली संरक्षण अधिकृत रामजगन  यादव, नगर कृषि शाखा प्रमुख मन्दिरा श्रेष्ठ, आर्गेनिक कृषि अभियन्ता भीम कुँवर लगायतले विषादी उत्पादनलाई बन्द गरी शुद्ध बिषादिरहित कृषि व्यवसायलाई दीर्घकालीन रुपमा विकास गर्दै लैजानेमा जोड दिएका छन् ।    

पाठशाला समिति संयोजक ईश्वर पोखरेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको अध्यक्षता हरिप्रसाद पराजुली र सञ्चालन कृषि समूह सचिव युवराज ढकालले गरेका थिए । 

सो पाठशाला १६ देखि १८ हप्ता सम्म चल्ने छ । कृषि समूह सहकारीका कृषकहरूले विद्यार्थीको रुपमा सहभागिता जनाउने छन् । पाठशालामा कृषि ज्ञान केन्द्र झापाका प्राविधिकहरूले सेवा प्रवाह गर्ने छन् भने सैद्धान्तिक र व्यवहारिक दुवै पद्धतिको सिकाई हुने जनाइएको छ । 

सम्बन्धित समाचार